५२ किलो गाँजासहित एम्बुलेन्स चालक पक्राउ « Khabarhub

५२ किलो गाँजासहित एम्बुलेन्स चालक पक्राउ


१२ फाल्गुन २०८०, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


4k
Shares
  • change font
  • change font
  • change font

धनकुटा– धनकुटाको सागुररिगढी गाउँपालिका-६ स्थित भेडेटार चोकबाट करिब ५२ किलोसहित लागूऔषध गाँजासहित प्रहरीले एक जनालाई पक्राउ गरेको छ।

 मोरङ विराटनगर महानगरपालिका-८ बस्ने ४८ वर्षीय जयदेव चेललाई शनिबार बिहान प्रहरीले पक्राउ गरेको हो। 

इलाका प्रहरी कार्यालय भेडेटारबाट खटिएको प्रहरीले धनकुटाबाट धरानतर्फ जाँदै गरेको मे.१ च २०३२ नम्बरको मुक्तिघाट सेवा समाज हल्दीबारी झापाद्वारा सञ्चालित एम्बुलेन्सलाई जाँच गर्ने क्रममा एम्बुलेन्सको टुलबक्स राख्ने स्थानमा उक्त परिमाणको गाँजा फेला पारेको प्रहरीको भनाइ छ। 

यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ। 

प्रकाशित मिति : १२ फाल्गुन २०८०, शनिबार  ६ : ३६ बजे

पाटन दरबार सङ्ग्राहलयको मूलचोकमा ठेचोको नवदुर्गा नाच प्रदर्शन

ललितपुर – पाटन दरबार सङ्ग्राहलयको मूलचोकमा ठेचो (थेच्व)को नवदुर्गा नाच

मैथिल परम्पराको रावणवध उत्सव सम्पन्न

महोत्तरी – शारदीय दशहरा अर्थात् विजया दशमीका दिन मिथिलामा मनाइने

यु-१९ महिला विश्वकपको आयोजक नेपाल समूह ‘ए’ मा : भारत, आयरल्याण्ड र वेष्ट इन्डिजसँग भिड्ने

काठमाडौँ – नेपालले बङ्गलादेशसँग संयुक्तरूपमा आयोजना गर्न लागेको आइसिसी यु–१९

आज बिहीबार, भगवान विष्णुको पूजा गर्नुहोस्

काठमाडौँ- २०८३ साल कात्तिक ५ गते बिहीबार सन् २०२६ अक्टोबर

आज २०८३ साल कात्तिक ५ गते बिहीबारको राशिफल

काठमाडौँ – २०८३ साल कात्तिक ५ गते बिहीबार सन् २०२६