गाजा युद्धमा १३२ प्यालेस्टाइनी पत्रकारको मृत्यु « Khabarhub

गाजा युद्धमा १३२ प्यालेस्टाइनी पत्रकारको मृत्यु


१२ फाल्गुन २०८०, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


378
Shares
  • change font
  • change font
  • change font

गाजा – गाजा पट्टीमा जारी इजरायली आक्रमणबाट मृत्यु हुने प्यालेस्टिनीको सङ्ख्या २९ हजार ६०६ पुगेको हमासद्वारा सञ्चालित स्वास्थ्य मन्त्रालयले शनिबार जनाएको छ।

गत २४ घण्टामा इजरायली सेनाको आक्रमणबाट ९२ जना प्यालेस्टाइनीहरूको निधन भएको छ भने १२३ जना घाइते भएका छन् । पछिल्लो गाजा युद्ध शुरु भएदेखि हालसम्म मृत्यु हुनेको सङ्ख्या २९ हजार ६०६ पुगेको छ भने ६९ हजार ७३७ घाइते भएका छन्।

गाजामा हमासद्वारा सञ्चालित मिडिया कार्यालयले जनाए अनुसार अक्टोबर ७ यता इजरायली सेनाको आक्रमणबाट १३२ प्यालेस्टाइनी पत्रकार मारिएको जनाएको छ।

प्यालेस्टिनी रेड क्रिसेन्ट सोसाइटीले शुक्रबार यसका टोलीले दक्षिणी गाजा पट्टीमा रहेको खान युनिस शहरको नासेर मेडिकल अस्पतालबाट १८ जना घाइतेहरूलाई बाहिर निकालेको उल्लेख गरेको छ ।

इजरायलले सन् २०२३ अक्टोबर ७ मा दक्षिणी इजरायली सिमानामा भएको हमासको आक्रमणको बदलास्वरूप प्यालेस्टानी विरुद्ध कडा आक्रमण जारी राखेको छ ।

प्रकाशित मिति : १२ फाल्गुन २०८०, शनिबार  ८ : ५४ बजे

११ महिनामा सरकारको झण्डै ११ खर्ब राजस्व उठायो

काठमाडौँ : सङ्घीय सरकारले चालु आर्थिक वर्षको ११ महिनामा राजस्वतर्फ

बडीकेदारका तत्कालीन अध्यक्ष, उपाध्यक्षसहित १० जनाविरुद्ध भ्रष्टाचार मुद्दा

काठमाडौं। अख्तियार दुरूपयोग अनुसन्धान आयोगले बडीकेदार गाउँपालिका डोटीका तत्कालीन अध्यक्ष

संघसंगठनका कार्यालयहरू सरकारी भवनबाट हटाउन जिल्ला प्रशासन काठमाडौँको निर्देशन

काठमाडौँ : जिल्ला प्रशासन कार्यालय काठमाडौँले जिल्लाका सरकारी निकायमा कार्यरत

ओटीटी प्लेटफर्म अब कानुनी दायरामा, सञ्चालनका लागि अनुमति अनिवार्य

काठमाडौं । सरकारले डिजिटल प्रसारण क्षेत्रमा पहिलोपटक स्पष्ट कानुनी व्यवस्था

परराष्ट्रमन्त्रीद्वारा चिनियाँ लगानीकर्तालाई नेपालमा लगानीका लागि आह्वान

काठमाडौँ । परराष्ट्रमन्त्री शिशिर खनालले चिनियाँ लगानीकर्ताहरूलाई नेपालमा लगानी गरी