अहिलेको शिक्षा प्रणालीमा सुधार आवश्यक छ : माधव नेपाल « Khabarhub

अहिलेको शिक्षा प्रणालीमा सुधार आवश्यक छ : माधव नेपाल


१२ फाल्गुन २०८०, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


63
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – नेपाल कम्युनिष्ट पार्टी (एकीकृत समाजवादी) का अध्यक्ष माधवकुमार नेपालले शिक्षा नैतिकतायुक्त, व्यावसायिक, सीपमूलक र विश्वबजारमा प्रतिस्पर्धा गर्नसक्ने खालको हुनुपर्ने बताएका छन् ।

द सनसाइन स्कुलको २७औँ वार्षिकोत्सव तथा अभिभावक दिवसका अवसरमा पूर्वप्रधानमन्त्री समेत रहेका अध्यक्ष नेपालले विद्यमान शिक्षा प्रणालीमा सुधार आवश्यक रहेको बताउँदै नैतिक र व्यावहारिक शिक्षामा जोड दिनुपर्ने धारणा राखे ।

समाजको चरित्र निर्माण र समग्र मुलुकको विकासका लागि आवश्यकपर्ने दक्ष जनशक्ति उत्पादनका लागि शिक्षा क्षेत्रमा सुधार अपरिहार्य रहेको उनको भनाइ छ । त्यस्तै शिक्षा क्षेत्रलाई प्रदेश र स्थानीय तहको अधिकार क्षेत्रका रुपमा मात्र राख्ने नभई समग्र मुलुकको जिम्मेवारीका रुपमा बुझ्नुपर्नेमा उनको जोड थियो । संविधानमा प्रत्याभूत गरिएका मौलिक हक कार्यान्वयनका सन्दर्भमा सबै तहका सरकार जिम्मेवार भएर लाग्नुपर्ने उनले बताए ।

“नैतिक शिक्षा र सिर्जनात्मक कार्यले योग्य जनशक्ति निर्माणमा सहयोग गर्छ । शिक्षा क्षेत्रबाटै समाज रुपान्तरण सम्भव छ । गुणस्तरीय, सीपमूलक र नैतिक शिक्षाका लागि पाठ्यक्रम, विद्यालय र कक्षाकोठा मात्र नभई अविभावक पनि जिम्मेवार हुनुपर्छ”, उनले भने। पुर्खाको योगदानलाई पछिल्लो पुस्ताले बिर्सन नहुने उनको भनाइ थियो ।

सो अवसरमा विद्यालयले संस्कृतिविद् डा जगमान गुरुङलाई सम्मान गरेको छ । साथै, विद्यालयले विज्ञान र कला प्रदर्शनी तथा रक्तदान कार्यक्रम पनि आयोजना गरेको छ । विद्यालयका प्रधानाध्यापक बाबुराम गौतमले वार्षिक कार्यविवरण र आगामी योजना प्रस्तुत गरेका थिए ।

प्रकाशित मिति : १२ फाल्गुन २०८०, शनिबार  ९ : २३ बजे

निर्वाचनबाट कांग्रेस भाग्दैन : शेखर कोइराला

काठमाडौं– नेपाली कांग्रेसका नेता डा. शेखर कोइरालाले कांग्रेस निर्वाचनबाट नभाग्ने

वित्तीय सुशासनका लागि अनिवार्य विद्युतीय भुक्तानी : अर्थमन्त्री खनाल

पाटन– अर्थमन्त्री रामेश्वरप्रसाद खनालले वित्तीय सुशासन कायम गर्नका लागि सरकारले

ससुरा अर्जुननरसिंहबारे गगनको स्पष्टीकरण : मेरो दबाबले समानुपातिक सूचीमा राखिएको होइन

काठमाडौं- नेपाली कांग्रेसका महामन्त्री गगनकुमार थापाले पार्टी नेता अर्जुननरसिंह केसीलाई

‘युक्रेन संकट समाधानका लागि संवाद र वार्ताको आवश्यकता’

एजेन्सी– युक्रेन संकटको दीर्घकालीन समाधानका लागि संवाद र वार्ता मात्र