मैनबत्तीबाट सल्किएकाे आगाेले घर जल्दा तीन लाख बराबरको क्षति « Khabarhub

मैनबत्तीबाट सल्किएकाे आगाेले घर जल्दा तीन लाख बराबरको क्षति


१३ फाल्गुन २०८०, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


183
Shares
  • change font
  • change font
  • change font

रौतहट– मैनबत्तीबाट सल्किएर रौतहटको कटहरिया नगरपालिका-५ स्थित १ घरमा आगलागी हुँदा करिब तीन लाख बराबरको धनमाल जलेर नष्ट भएको छ ।

कटहरिया ५ बजार छेउको बहादुरपुर गाउँका रामचन्द्र गोसाइँको खरको छाना भएको घरमा शनिबार राति साढे ८ बजे आगलागी भएको थियो । आगलागी बाट घर तथा घरमा रहेको अन्न, लत्ताकपडा, गरगहना जलेर झन्डै तीन लाख बराबरको क्षति भएको प्रहरीले जनाएको छ।

इलाका प्रहरी कार्यालय कटहरियाका प्रमुख वरिष्ठ सई अरुण कुमार सिंहको कमान्डमा गएको प्रहरी टोली र स्थानीय मिलेर आगलागी नियन्त्रणमा लिएको थियो । विद्युत् लाइन नरहेको समय घरमा बालेको मैनबत्तीबाट सल्किएर आगलागी भएको हुनसक्ने प्रहरीको अनुमान रहेको छ।

पीडित गोसाईंका अनुसार आगलागी बाट घरमा रहेको सम्पूर्ण सामान जलेर नष्ट भएकाले महिला तथा बालबालिका लाई ठुलो कठिनाइ भएको छ। प्रहरी तथा स्थानीयको सक्रियताले ठूलो क्षति हुनबाट जोगिएको छ। जलेर नष्ट भएको गोसाईंको घरको छेउछाउमा एक दर्जन खरको छाना भएको घरहरू रहेका छन् ।

प्रकाशित मिति : १३ फाल्गुन २०८०, आइतबार  ११ : २९ बजे

कांग्रेस नेता खड्कालाई ७ दिन हिरासतमा राखेर अनुसन्धान गर्न अदालतको अनुमति

काठमाडौं- नेपाली कांग्रेसका नेता दीपक खड्कालाई ७ दिन हिरासतमा राखेर

रास्कोट नगरपालिकालाई अब ‘डिजिटल पालिका’ बनाइने

मान्म– रास्कोट नगरपालिकालाई ‘डिजिटल पालिका’ बनाइने भएको छ । कर्णाली

सरकारका नीतिगत सुधारप्रति उद्योग परिसङ्घको स्वागत, निजी क्षेत्रसँग सहकार्यमा जोड

काठमाडौं- नवगठित सरकारले पुराना तथा असान्दर्भिक कानुन खारेज गर्न प्रक्रिया

तस्बिरमा हेर्नुहाेस्, सेतो मच्छिन्द्रनाथको रथयात्रा

काठमाडौं– वर्षा र सहकालका देवता सेतो मच्छिन्द्रनाथको रथ लगनटोल पुर्‍याइएसंगै

ओली-लेखक पक्राउ गर्दा सरकारले संयमता गुमायो, प्रहरीको व्यवहार परिपक्व भएन : प्रा.डा. संग्रौला

काठमाडौं- पूर्वन्यायाधिवक्ता प्रा. डा. युवराज संग्रौला पूर्वप्रधानमन्त्री केपी शर्मा ओली