'रङ्गेली'को पात्रबारे दयाहाङ भन्छन्- चरित्र अन्य फिल्मको भन्दा फरक छ | Khabarhub Khabarhub

‘रङ्गेली’को पात्रबारे दयाहाङ भन्छन्- चरित्र अन्य फिल्मको भन्दा फरक छ


१३ फाल्गुन २०८०, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


210
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- नायक दयाहाङ राई एक दशकपछि ‘ग्याङस्टार’ भूमिकामा देखिँदै छन् । फिल्म ‘रङ्गेली’मा उनले निर्वाह गरेको विजयको पात्र ‘ग्याङस्टार’को रहेको निर्माण पक्षले जनाएको छ ।

‘छड्के’ फिल्मपछि आफूले निर्वाह गरेको पात्रको चरित्र ‘ग्रे’ भए पनि यसमा दर्शकहरुले फरक पाउने दयाहाङ बताउँछन् । विजयको चरित्रबारे उनी थप्छन्, आम मानिसको आम सोचाइबाट हेर्दा यसमा डार्क चरित्र नै देखिन्छ । तर विजयमा मानवता र अनुभूतिका विशेषता छन् ।’

फिल्म हेरेर निस्कने क्रममा समाजमा विजय जस्ता पात्र जन्मनुहुँदैन भन्ने दर्शको धारणा बन्नेमा उनी स्पष्ट छन् । उनी थप्छन्, ‘विजयजस्तो मान्छे निस्कियो भने हामीलाई नै घात हुन्छ कि भन्ने अनुभूति गराउँछ ।’

यद्यपि अन्य चलचित्रमा जस्तै यसमा पनि सामान्य पात्रकै भूमिका आफू देखा पर्ने उनी बताउँछन् । उनी स्पष्ट पार्दै भन्छन्, ‘रङ्गेली’मा चाहिँ सामान्य मान्छे कसरी असामान्य हुँदै जान्छ भन्ने कुरा देखाउँछ ।’

फिल्मा विजयको पात्र अत्यन्तै रोचक रहेको र उसको कमजोरीलाई अन्यले हतियार बनाएको प्रसंग रहेको उनले खुलासा गरे ।

फागुन २५ गतेबाट प्रदर्शनमा आउने यस चलचित्रको निर्देशक र लेखक अर्जुन सुवेदी हुन् । यस फिल्ममा दयाहाङ, अर्पण थापा, प्रवीण खतिवडा, मिरुना मगर, रमेश बुढाथोकी, रुपेश झा, सुन्दर धिताल लगायतको प्रमुख भूमिका रहेको छ ।

प्रकाशित मिति : १३ फाल्गुन २०८०, आइतबार  ५ : ४५ बजे

आज विश्व बिरामी सुरक्षा दिवस मनाइँदै

काठमाडौं– आज विश्वभर विश्व बिरामी सुरक्षा दिवस विभिन्न कार्यक्रम गरी

देशभर मौसम बदली, यी प्रदेशमा भारी वर्षाको सम्भावना

काठमाडौं– जल तथा मौसम विज्ञान विभाग मौसम पूर्वानुमान महाशाखाले हाल

एसिया कप : अफगानिस्तानमाथि बंगलादेश ८ रनले विजयी

काठमाडौं – एसिया कपमा बंगलादेशले अफगानिस्तानमाथि ८ रनको जित निकालेको

आज विश्वकर्मा पूजा, वास्तु दिवस पनि मनाइँदै

काठमाडौं – आज कालीगढहरुले विश्वकर्माको पूजा आराधना गरी वास्तु दिवस

बुधबारका लागि कुन विदेशी मुद्राको विनिमय दर कति ?

काठमाडौं – नेपाल राष्ट्र बैंकले बुधबारका लागि विदेशी मुद्राको विनिमय