कम्बोडियाको सिनेट चुनावमा सत्तारुढ दल विजयी : प्रवक्ता « Khabarhub

कम्बोडियाको सिनेट चुनावमा सत्तारुढ दल विजयी : प्रवक्ता


१३ फाल्गुन २०८०, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


48
Shares
  • change font
  • change font
  • change font

न्होम्पेन- कम्बोडियाको सिनेट (माथिल्लो सदन) का लागि आइतबार भएको निर्वाचनमा सत्तारुढ कम्बोडियाली पिपुल्स पार्टी (सीपीपी) ले दुई तिहाइभन्दा बढी सीटसहित विजयी भएको छ ।

सीपीपीले सिनेटको पाँचौं निर्वाचनमा भारी जित हासिल गरेको पार्टीका प्रवक्ता सोक आइसानले बताएका छन् । प्रवक्ता आइसानले प्रारम्भिक नतिजालाई उद्धृत गर्दै चुनावमा सीपीपीले सबैभन्दा बढी मत प्राप्त गरेको बताए ।

उनले भने, “सीपीपीले सिनेटका ५८ सिटमध्ये कम्तीमा ५० सिट जितेको छ, जुन कूल सङ्ख्याको ८० प्रतिशतभन्दा बढी हो ।”

“सन् २०२३ को जुलाईमा भएको आम निर्वाचनमा हामीले शानदार जित हासिल गरेकोसीपीपीका लागि यो अर्को ठूलो सफलता हो,” आइसानले भने ।

सीपीपीका ७१ वर्षीय अध्यक्ष तथा पूर्वप्रधानमन्त्री सामदेक टेचो हुन सेनले निर्वाचनपछि सिनेटको अध्यक्षको जिम्मेवारी सम्हाल्ने र राजा विदेशमा रहँदा कार्यवाहक राष्ट्रप्रमुखको भूमिका निर्वाह गर्ने पनि उनले बताए ।

प्रकाशित मिति : १३ फाल्गुन २०८०, आइतबार  ६ : ५४ बजे

मुख्यमन्त्री शाहले गरे मतदान

सुदूरपश्चिम-सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री कमलबहादुर शाहले कैलाली निर्वाचन क्षेत्र नं २

कतारका समकक्षीसँग प्रधानमन्त्री कार्कीको संवाद, इरान युद्धको शान्तिपूर्ण निकास खोज्न आग्रह

काठमाडौं- प्रधानमन्त्री सुशीला कार्कीले कतारका प्रधानमन्त्री तथा परराष्ट्रमन्त्री शेख मोहम्मद

बागलुङ–१ मा क्रियापुत्रीद्वारा मतदान

ढोरपाटन– यहाँको काठेखोला गाउँपालिका–३ धम्जामा क्रियापुत्रीले मतदान गरेका छन् । 

कोल्टन खानी दुर्घटनामा २०० को मृत्यु, विद्रोहीको अस्वीकार

एजेन्सी– पूर्वी कङ्गोको खनिज–सम्पन्न क्षेत्रमा रहेको प्रमुख कोल्टन खानीमा मंगलबार

दोलखाको एउटा मतदानस्थलबाट ५६ बुक मतपत्र लुटियो, मतदान पनि अनिश्चित

दोलाखा- दोलखाको तामाकोशी गाउँपालिका वडा नम्बर ४ स्थित मालुको गोल्मेश्वर