कतार पठाइदिन्छु भन्दै ठगी गरेको आरोपमा एक जना पक्राउ  « Khabarhub

कतार पठाइदिन्छु भन्दै ठगी गरेको आरोपमा एक जना पक्राउ 


१४ फाल्गुन २०८०, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


5.9k
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– कतार पठाइदिन्छु भन्दै ठगी गरेको आरोपमा एक जना पक्राउ परेकी छन् । पक्राउ पर्नेमा काठमाडौंकाे टोखा नगरपालिका-९ बस्ने ३५ वर्षीय रोशनी राणा रहेकी छन् ।

राणाले विनोद चौरेललाई वैदेशिक रोजगारीको लागि कतार पठाइदिन्छु, त्यसको लागि २ लाख ७० हजार रुपैयाँ लाग्छ र कतार पुगेपछि प्रतिष्ठित कम्पनीमा क्लिनरको काम लगाइदिन्छु जहाँ मासिक ७० हजार रुपैयाँ तलब हुन्छ भनी प्रलोभनमा पारी पटक पटक गरी २ लाख ७० हजार रुपैयाँ लिई ठगी गरेको आरोपमा काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयबाट खटिएको प्रहरी टोलीले  राणाको खोजतलास गर्ने क्रममा आइतबार बुढानीलकण्ठ नगरपालिका-११ फैकाबाट पक्राउ गरेको हो ।

उनलाई थप अनुसन्धान तथा कारबाहीको लागि वैदेशिक रोजगार विभाग ताहाचल, काठमाडौं पठाइएको प्रहरीले जनाएको छ ।

प्रकाशित मिति : १४ फाल्गुन २०८०, सोमबार  ८ : ११ बजे

बाढी प्रभावित बालबालिकाको शिक्षाका लागि एक अर्बको छात्रवृत्ति

काठमाडाैं – भोटेकोशी बाढीबाट प्रभावित विद्यार्थीको शिक्षाका लागि सरकारले करिब

त्रिशूली नदीमा शव खोज्दै तनहुँ प्रहरी

तनहुँ – रसुवाको भोटेकोशी नदीमा आएको बाढीपछि त्रिशूली नदीमा बगेर

ज्वालामुखी विस्फोटपछि जकार्ता विमानस्थलमा अवरूद्ध सेवा थपियो

जकार्ता – इन्डोनेसियाको प्रमुख विमानस्थलमा ले सोमबार सञ्चालन हुने अपेक्षा

पृथ्वी राजमार्गको परेवाभीरमा यातायात सञ्चालन

काठमाडौँ । पृथ्वी राजमार्गअन्तर्गत धादिङको परेवाभीर खण्डमा सोमबार साँझदेखि यातायात

विपत्तिमा सबै एकताबद्ध भएर उभिनुपर्छ : ऊर्जामन्त्री श्रेष्ठ

काठमाडौं – ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री विराज भक्त श्रेष्ठले विपत्तिको