पुलिसलाई हराउँदै मछिन्द्र केपी ओली कपको सेमिफाइनलमा « Khabarhub

पुलिसलाई हराउँदै मछिन्द्र केपी ओली कपको सेमिफाइनलमा


१५ फाल्गुन २०८०, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


144
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– मछिन्द्र फुटबल क्लब केपी ओली कप फुटबल प्रतियोगिताको सेमिफाइनलमा पुगेको छ ।

मंगलबार सम्पन्न खेलमा मछिन्द्र क्लबले नेपाल पुलिस क्लबलाई ४-० गोल अन्तरले पराजित गर्दै सेमिफाइनलमा पुगेको हो ।

मछिन्द्रको जितमा क्रिस्टोफर चिजोबाले २ गोल गरेका थिए भने स्टेफेन बिनोंगले एक गोल गरेका थिए । त्यसैगरी पुलिसका कप्तान रामचन्द्र वाजीले एक गोल आत्मघाती गोल गरेका थिए ।

यस खेलमा खेलको ९३औं मिनेटमा मछिन्द्रका ओमोलाजा करीमले रातो कार्ड पाएका थिए । अब सेमिफाइनलमा मछिन्द्रले मानेभन्ज्याङ एफसीको सामना गर्ने छ । सेमिफाइनल खेल बिहिबार हुने छ ।

प्रकाशित मिति : १५ फाल्गुन २०८०, मंगलबार  ५ : ३९ बजे

नोबेल शान्ति पुरस्कार नपाएपछि ट्रम्पले भने : नर्वे वास्तवमै फोहोर राज्य बन्यो

पोर्ट ह्युरन – अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले नर्वेका आप्रवासीलाई अमेरिकामा

विदेश पठाउन लागिएको एक हजार प्याकेट चुरोट बरामद

काठमाडौं – त्रिभुवन अन्तरराष्ट्रिय विमानस्थलको कार्गो कम्प्लेक्स भवनबाट आवश्यक कागजपत्रबिना

स्थानीय फूललाई प्राथमिकता दिनुपर्छ : महामन्त्री पौडेल

तनहुँ – नेपाली कांग्रेसका महामन्त्री प्रदीप पौडेलले तिहारमा स्वदेशमै उत्पादन

बसको ठक्करबाट महिलाको मृत्यु

पाल्पा – बसको ठक्करबाट एक महिलाको मृत्यु भएको छ ।

दसैँमा सवारी दुर्घटनाबाट १२४ जनाको मृत्यु, दुई हजार ९८८ घाइते

काठमाडौं – दसैँको अवधिमा देशभर भएका सवारी दुर्घटनामा परी १२४