गुठी विधेयकबारे छलफल गर्न समिति गठन « Khabarhub

गुठी विधेयकबारे छलफल गर्न समिति गठन


२० श्रावण २०७६, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– सरकारले हालै ल्याएको गुठी विधेयकको सन्दर्भमा गुठियारबीच छलफल चलाउन तथा विभिन्न कार्यक्रम सञ्चालन गर्न गुठियारहरुको एक कार्यसमिति गठन गरेको छ ।

काठमाडौँको ओलम्पस क्लबमा नेवार समुदायका विभिन्न खलः तथा पुचः सम्मिलित बैठकले समितिको अध्यक्षमा डा महेशमान श्रेष्ठ र उपाध्यक्षमा पवित्र बज्राचार्यलाई चयन गरेको छ ।

सचिवालय हेर्ने जिम्मेवारी नेवाः देय् दबूका अध्यक्ष नरेश ताम्राकारलाई दिइएको छ । सदस्यहरुमा क्रमशः ललितपुरबाट नानीकाजी शाक्य, रवीन्द्र ताम्राकार, सबिना महर्जन, ऋषिप्रसाद श्रेष्ठ, भक्तपुरबाट श्याम शिल्पकार, शान्तप्रकाश श्रेष्ठ, टोखाबाट श्रीकृष्ण मानन्धर, फम्पी सङ्घर्ष समितिबाट रोशन श्रेष्ठ र सक्व सङ्घर्ष समितिबाट राजा श्रेष्ठलाई चयन गरिएको छ ।

यस्तै खोना सङ्घर्ष समितिबाट नेपाल डङ्गोल तथा अशोक महर्जन, कीर्तिपुरबाट श्रीकृष्ण महर्जन, काठमाडौँबाट राजभाइ जकःमि, नानीहेरा महर्जन, सुमन सायमी, रवीन्द्र श्रेष्ठ, गणपतिलाल श्रेष्ठ, सुजीव बज्राचार्य, उमेश स्थापित, भगवान् शाक्य, रमेशमान पिया र सुरेश किरण मानन्धरलाई चयन गरिएको छ ।

समितिको सल्लाहकारमा वाङ्मय शताब्दी पुरुष सत्यमोहन जोशी, जनकवि दुर्गालाल श्रेष्ठ, हितकरवीरसिंह कंसाकार, मल्ल के सुन्दर, डा पुष्पराज राजकर्णिकार र चन्द्र महर्जन रहेका छन् ।

प्रकाशित मिति : २० श्रावण २०७६, सोमबार  ७ : ५२ बजे

आईपीएल : पञ्जाबविरुद्ध डी ककको अर्धशतक, ह्याट्रिकबाट चुके अर्शदीप

काठमाडौं – इन्डियन प्रिमियर लिग (आईपीएल) २०२६ अन्तर्गत २४ औँ

सङ्घीयता कार्यान्वयनका जटिलता सुल्झाउन प्रधानमन्त्री शाहद्वारा मुख्यमन्त्रीहरूसँग छलफल

काठमाडौं – सङ्घीयता कार्यान्वयनका जटिलता सुल्झाउने उद्देश्यले प्रधानमन्त्री वालेन्द्र शाहले

पाकिस्तानी सेना प्रमुख मुनिर र इरानका सभामुख गालिबाफबिच भेटवार्ता

तेहरान – पाकिस्तानी मध्यस्थकर्ताहरूले संयुक्त राज्य अमेरिका र इजरायलसँगको युद्ध

सङ्घीय संसद्का १२ विषयगत समितिको सभापतिमा मनोनयन दर्ता

काठमाडौं – सङ्घीय संसद्का १२ विषयगत समितिको सभापतिमा मनोनयन दर्ता