एयरफोनको धेरै प्रयोगले सुन्ने क्षमतामा कमी आउन सक्छ ! | Khabarhub Khabarhub

एयरफोनको धेरै प्रयोगले सुन्ने क्षमतामा कमी आउन सक्छ !


१६ फाल्गुन २०८०, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


402
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– आधुनिक प्रविधिको विकाससँगै विभिन्न ग्याजेटको प्रयोग पनि बढ्दो छ । जसमध्ये एयरफोन पनि एक हो । प्रायः युवा तथा किशोर उमेरका व्यक्तिको अधिकांश समय कानमा एयरफोन हुने गर्दछ । यो एक प्रकारले फेसन झैँ बनेको छ । तर यही फेसन समस्या बन्न सक्छ ।

विभिन्न अनुसन्धान अनुसार ठूलो आवाजका साथ एयरफोन सुन्दा यसले कानको पर्दामा नकारात्मक असर पार्न सक्ने चिकित्सकहरू बताउँछन् । लामो समयसम्म एयरफोन प्रयोग गर्दा सुन्न सक्ने क्षमतामा कमी आउनुका साथै कान सुन्निन र दुख्न पनि सक्छ ।

एयरफोनको प्रयोगले कान भित्र ब्याक्टेरियाको संख्या पनि बढ्दै जान्छ । एयरफोन प्रयोग गर्दा त्यसबाट विभिन्न विद्युत् चुम्बकीय तरङ्गहरू निस्कन्छन्, जसले दिमागमा नोक्सान पुर्‍याउन सक्छ । अझ कान भित्रै पस्ने एयरफोनले दिमागमा समेत हानी पार्न सक्छ ।

संगीत सुन्दा ठिक्क आवाजमा सुन्नु पर्दछ । साथै निश्चित समयपछि कानलाई विश्राम दिनुपर्छ । ९० डेसिबलमा कुनै ध्वनि प्रतिदिन ४ देखि ५ घण्टासम्म सुनियो भने कानमा नोक्सान हुनसक्छ ।

एयरफोनमा जमेको धूलोका कारण कानमा इन्फेक्सन पनि हुन सक्छ । साथै आवाज नसुन्ने, दिमागमा असर तथा कान दुख्ने समस्या पनि बढ्दै जान्छ ।

प्रकाशित मिति : १६ फाल्गुन २०८०, बुधबार  ६ : ४० बजे

जेन-जी नामबाट दल दर्ताका लागि निर्वाचन आयोगमा निवदेन

काठमाडौं – नयाँ राजनीतिक शक्ति राष्ट्रिय जेन–जि पार्टी नेपालले दल

पाँचसय र एकहजारका नोट बन्द गर्न विप्लव नेतृत्वको नेकपाको माग

काठमाडौं – विप्लव नेतृत्वको नेपाल कम्युनिष्ट पार्टीले पार्टीको हालै सम्पन्न

काभ्रेमा तिहारभर टिपर सञ्चालनमा रोक

काभ्रेपलाञ्चोक – जिल्ला प्रशासन कार्यालयले तिहारभर जिल्लामा मालवाहक सवारीको साधन

कीर्तिपुर क्रिकेट मैदानका फ्लडलाइटका ६ वटै टावर ठड्याइयो

काठमाडौं- त्रिभुवन विश्वविद्यालय (त्रिवि) परिसर कीर्तिपुरमा निर्माणाधीन अन्तर्राष्ट्रियस्तरको क्रिकेट मैदानका

प्रधानमन्त्री सुशीला कार्कीले मंगलरबार दलहरूसँग छलफल गर्ने

काठमाडौं – प्रधानमन्त्री सुशीला कार्कीले संसदमा प्रतिनिधित्व गर्ने दलहरूलाई निर्वाचन