एयरफोनको धेरै प्रयोगले सुन्ने क्षमतामा कमी आउन सक्छ ! « Khabarhub

एयरफोनको धेरै प्रयोगले सुन्ने क्षमतामा कमी आउन सक्छ !


१६ फाल्गुन २०८०, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


402
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– आधुनिक प्रविधिको विकाससँगै विभिन्न ग्याजेटको प्रयोग पनि बढ्दो छ । जसमध्ये एयरफोन पनि एक हो । प्रायः युवा तथा किशोर उमेरका व्यक्तिको अधिकांश समय कानमा एयरफोन हुने गर्दछ । यो एक प्रकारले फेसन झैँ बनेको छ । तर यही फेसन समस्या बन्न सक्छ ।

विभिन्न अनुसन्धान अनुसार ठूलो आवाजका साथ एयरफोन सुन्दा यसले कानको पर्दामा नकारात्मक असर पार्न सक्ने चिकित्सकहरू बताउँछन् । लामो समयसम्म एयरफोन प्रयोग गर्दा सुन्न सक्ने क्षमतामा कमी आउनुका साथै कान सुन्निन र दुख्न पनि सक्छ ।

एयरफोनको प्रयोगले कान भित्र ब्याक्टेरियाको संख्या पनि बढ्दै जान्छ । एयरफोन प्रयोग गर्दा त्यसबाट विभिन्न विद्युत् चुम्बकीय तरङ्गहरू निस्कन्छन्, जसले दिमागमा नोक्सान पुर्‍याउन सक्छ । अझ कान भित्रै पस्ने एयरफोनले दिमागमा समेत हानी पार्न सक्छ ।

संगीत सुन्दा ठिक्क आवाजमा सुन्नु पर्दछ । साथै निश्चित समयपछि कानलाई विश्राम दिनुपर्छ । ९० डेसिबलमा कुनै ध्वनि प्रतिदिन ४ देखि ५ घण्टासम्म सुनियो भने कानमा नोक्सान हुनसक्छ ।

एयरफोनमा जमेको धूलोका कारण कानमा इन्फेक्सन पनि हुन सक्छ । साथै आवाज नसुन्ने, दिमागमा असर तथा कान दुख्ने समस्या पनि बढ्दै जान्छ ।

प्रकाशित मिति : १६ फाल्गुन २०८०, बुधबार  ६ : ४० बजे

विपद्को समयमा सम्पूर्ण देशवासीको साथ र सहयोग आवश्यक छ : प्रचण्ड

सिरहा – नेपाली कम्युनिष्ट पार्टी (नेकपा)का संयोजक एवं पूर्वप्रधानमन्त्री पुष्पकमल

निवर्तमान मन्त्रीसँग छलफल गरेर अघि बढ्छु : नवनियुक्त उद्योगमन्त्री साह

काठमाडौं – नवनियुक्त उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री दीपककुमार साहले खाना

हदबन्दीका कारण घरजग्गा व्यवसाय सङ्कटमा

काठमाडाैं – हदबन्दीका कारण घरजग्गा व्यवसाय सङ्कटमा पर्दै गएको व्यवसायीहरूले

स्वास्थ्य बीमा बोर्डले गर्‍यो सेवा प्रदायक स्वास्थ्य संस्थालाई वैशाखसम्मको भुक्तानी

काठमाडौं – स्वास्थ्य बीमा बोर्डले सेवा प्रदायक स्वास्थ्य संस्था तथा