माओवादी केन्द्रको स्थायी समिति बैठक आज पनि जारी | Khabarhub Khabarhub

माओवादी केन्द्रको स्थायी समिति बैठक आज पनि जारी


१६ फाल्गुन २०८०, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


90
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– नेपाल कम्युनिस्ट पार्टी माओवादी केन्द्रको स्थायी समिति बैठक आज पनि बसिरहेको छ । पार्टी केन्द्रीय कार्यालय पेरिसडाँडामा हिजोदेखि जारी बैठकले आज नेताहरुको कार्यविभाजनबारे टुंगो लगाउने छ ।

यस्तै, सुदूरपश्चिम प्रदेश संसदीय दलमा देखापरेको विवाद तथा राष्ट्रियसभा अध्यक्षको विषय पनि गम्भीर छलफल हुने सचिव देवेन्द्र पौडेलले जानकारी दिए ।

माओवादीले पार्टीका प्रदेश इन्चार्जहरू परिवर्तन गर्ने तयारी समेत गरेको छ। हिजोको बैठकमा संसदीय फाँट र पार्टीको काममा अलग–अलग जिम्मेवारी तोक्नेगरी इन्चार्ज हेरफेर गर्ने छलफल भएको थियो ।

हिजोको बैठकमा बोल्ने अधिकांश सदस्यहरुले कांग्रेससँगको सहकार्य र गठबन्धनबारे गम्भीर समीक्षा गर्नुपर्नेमा जोड दिएका छन् । यसैगरी, राष्ट्रियसभाको अध्यक्ष कांग्रेसलाई दिन नहुने धारणासमेत आएको छ ।

माओवादी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले आजको बैठकमा आफ्नो धारणा राख्नेछन् ।

प्रकाशित मिति : १६ फाल्गुन २०८०, बुधबार  ९ : ५४ बजे

लागूपदार्थ सेवन गरी सवारीसाधन चलाउने पाँच जना नियन्त्रणमा

काठमाडौं–  ट्राफिक प्रहरीले लागूपदार्थ सेवन गरी सार्वजनिक सवारीसाधन चलाउने पाँच

त्रिभुवन विमानस्थलको धावनमार्गको बत्तीमा समस्या आएपछि…

काठमाडौं– त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको धावनमार्गको बत्तीमा समस्या आएपछि विमानस्थलमा उडान

अन्तर्राष्ट्रिय सम्बन्धबारे जेन-जी पुस्ताले चासो दिनुपर्नेमा जोड

काठमाडौं– त्रिभुवन विश्वविद्यालयका शिक्षाध्यक्ष डा. खड्ग केसीले अबको शासन प्रणाली

सप्तरीका भारतसँग जोडिएका नाका तीन दिन बन्द हुने

राजविराज– भारतको विहार राज्यमा हुने विधान सभा आमनिर्वाचनलाई मध्यनजर गरी