माओवादी केन्द्रको स्थायी समिति बैठक आज पनि जारी « Khabarhub

माओवादी केन्द्रको स्थायी समिति बैठक आज पनि जारी


१६ फाल्गुन २०८०, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


90
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– नेपाल कम्युनिस्ट पार्टी माओवादी केन्द्रको स्थायी समिति बैठक आज पनि बसिरहेको छ । पार्टी केन्द्रीय कार्यालय पेरिसडाँडामा हिजोदेखि जारी बैठकले आज नेताहरुको कार्यविभाजनबारे टुंगो लगाउने छ ।

यस्तै, सुदूरपश्चिम प्रदेश संसदीय दलमा देखापरेको विवाद तथा राष्ट्रियसभा अध्यक्षको विषय पनि गम्भीर छलफल हुने सचिव देवेन्द्र पौडेलले जानकारी दिए ।

माओवादीले पार्टीका प्रदेश इन्चार्जहरू परिवर्तन गर्ने तयारी समेत गरेको छ। हिजोको बैठकमा संसदीय फाँट र पार्टीको काममा अलग–अलग जिम्मेवारी तोक्नेगरी इन्चार्ज हेरफेर गर्ने छलफल भएको थियो ।

हिजोको बैठकमा बोल्ने अधिकांश सदस्यहरुले कांग्रेससँगको सहकार्य र गठबन्धनबारे गम्भीर समीक्षा गर्नुपर्नेमा जोड दिएका छन् । यसैगरी, राष्ट्रियसभाको अध्यक्ष कांग्रेसलाई दिन नहुने धारणासमेत आएको छ ।

माओवादी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले आजको बैठकमा आफ्नो धारणा राख्नेछन् ।

प्रकाशित मिति : १६ फाल्गुन २०८०, बुधबार  ९ : ५४ बजे

हरेक रात आउन थाले हात्तीको बथान, बाहुनडाँगीमा त्रास

झापा- भारतबाट प्रत्येक रात हात्तीको बथान आएर पाकेको बाली खान

सप्तरीमा आगलागीबाट १२ घरगोठ जलेर नष्ट

सप्तरी– सप्तरीको तिलाठी कोइलाडी गाउँपालिका–६ स्थित वभनगामा टोलमा गएराति आगलागी

रास्वपाको सचिवालय बैठक बस्दै, यस्तो छ कार्यसूची

काठमाडौँ– राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को केन्द्रीय सचिवालय बैठक आज

मेलाले कृषि उपज बजारीकरण गर्न सहज

काभ्रेपलाञ्चोक– काभ्रेको पाँचखाल नगरपालिकाले ‘कृषि–सहर’को नारालाई सार्थकता दिन कृषि उपजको

एघार वर्षपछि ग्रामीण सडक कालोपत्र

बागलुङ– विकासका हिसाबले ओझेलमा परेको बागलुङकाे रामतोला गाउँ जोड्ने सडक