उपहारको ‘कहिले बार बिर्सिन्छु’ सार्वजनिक « Khabarhub

उपहारको ‘कहिले बार बिर्सिन्छु’ सार्वजनिक


१७ फाल्गुन २०८०, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


1.8k
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– यही फागुन २५ गतेबाट रिलिज हुने फिल्म ‘उपहार’को नयाँ गीत ‘कहिले बार बिर्सिन्छु’ सार्वजनिक भएको छ । बिहीबार सार्वजनिक गीतमा अञ्जु पन्त र साइराज खातीको स्वर, अर्जुन पोखरेलको संगीत र इन्दिरा अधिकारीको शब्द छ । 

गीतको भिडियोमा अभिनेत्री रेखा थापालाई धेरै समयपछि ग्ल्यामर अवतारमा दर्शकले हेर्न पाउँछन् । गीतमा उनको जोडीका रुपमा मुकुन भुसाल छन् । गीतमा मुकुन र रेखाबाहेक समर्पण जंग कार्की र पूजा शर्मा तथा तेज गिरी र बेनिशा हमालको जोडीलाई देख्न सकिन्छ । 

रेखा फिल्मस् र कपनगढी सिनेमा प्रालिको ब्यानरमा रेखा थापा प्रस्तुतकर्ता रहेको फिल्ममा रेखा थापा, पूजा शर्मा, मुकुन भुषाल, बेनिशा हमाल, तेज गिरी, समर्पणजंग कार्की, सुष्मा कार्की, शिशिर राणा, राजाराम पौडेल, किरण केसी, अंशु महर्जन, विनोद पौडेल, आशा भुसाल, शोभारस घिमिरे, मन्जु श्रेष्ठ, कमल भट्ट, राइडर प्रशान्त र सरिता राजोपाध्यायलगायतको पनि अभिनय छ ।

बलराम शाही ठकुरी कार्यकारी निर्माता रहेको फिल्मका निर्माता सुलभ प्रतीक र समीक्षा देउजा हुन् । फिल्ममा विष्णु कल्पित घिमिरेको छायांकन, अर्जुन पोखरेल र बाबुल गिरीको संगीत, मित्र डि गुरुङको सम्पादन, सुलक्षण भारतीको कथा, भारतीका साथै अभिमन्यू निरवी र माधव शर्माको पटकथा तथा संवाद, अनुपम गौतमको भीएफएक्स र रोशन श्रेष्ठको द्वन्द्व निर्देशन छ ।

फिल्मको वितरण उपत्यका भित्र रिच इन्टरटेनमेन्ट र उपत्यका बाहिर एफडी कम्पनीले गर्नेछ । गीत ओएसआर डिजिटलबाट सार्वजनिक गरिएको हो ।

प्रकाशित मिति : १७ फाल्गुन २०८०, बिहीबार  २ : ५२ बजे

आज २०८३ साल जेठ १४ गते बिहीबारको राशिफल

काठमाडौं – २०८३ साल १३ गते बिहीबार अधिक जेठ शुक्ल

तापक्रम ३० डिग्री नाघ्दा वन्यजन्तुमा गम्भीर स्वास्थ्य संकट

सिड्नी – अष्ट्रेलियामा गरिएको नयाँ अध्ययनले सामान्यभन्दा थोरै तापक्रम बढ्दा

गौरीघाटबाट पक्राउ परे नक्कली प्रहरी

काठमाडौं – प्रहरीको नक्कली परिचयपत्र देखाएर व्यवसायी तथा स्थानीयलाई धम्क्याउने

आयोगको प्रतिवेदनपछि रक्षा बमले भनिन् : आन्दोलनलाई अपराधीकरण गर्ने काम बन्द गरियाेस्

काठमाडौं – जेन–जी अभियन्ता रक्षा बमले राष्ट्रिय मानव अधिकार आयोगको

पोखराको फिर्केखोलाको खोलाघरका १०५ अतिक्रमित संरचना भत्काइयो

कास्की – पोखराको मध्यभाग भएर बग्ने फिर्के खोलाको अतिक्रमण हटाउन