गाजामा तीस हजारभन्दा बढी प्यालेस्टिनीको मृत्यु | Khabarhub Khabarhub

गाजामा तीस हजारभन्दा बढी प्यालेस्टिनीको मृत्यु


१७ फाल्गुन २०८०, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


264
Shares
  • change font
  • change font
  • change font

गाजा– गाजा पट्टीमा जारी इजरायली आक्रमणबाट प्यालेस्टिनीहरूको मृत्युको सङ्ख्या ३० हजार नाघेको प्यालेस्टिनी चिकित्सा स्रोतले बिहीबार बताएका छन् ।

गत २४ घन्टामा इजरायली लडाकु विमान र तोपखानाले गाजापट्टीका विभिन्न क्षेत्रमा गरेको आक्रमणका कारण दर्जनौँको मृत्यु भएको र गाजास्थित अस्पतालमा लगिएको स्रोतले सिन्ह्वासँग बताएको छ । 

सन् २०२३ को अक्टोबर ७ मा इजरायल–हमास द्वन्द्व सुरु भएदेखि मृत्यु हुनेको सङ्ख्या ३०  हजारभन्दा बढी पुग्नुका साथै ७० हजारभन्दा बढी घाइते भएको बताइएको छ ।

सात अक्टोबर २०२३ मा दक्षिणी इजरायली सीमामा हमासले गरेको आक्रमणको बदलामा इजरायलले गाजा पट्टीमा हमासविरुद्ध ठूलो मात्रामा आक्रमण गरिरहेको छ ।  जसमा करिब एक हजार २०० मानिस मारिएका थिए भने २०० भन्दा बढीलाई बन्धक बनाइएको थियो । 

प्रकाशित मिति : १७ फाल्गुन २०८०, बिहीबार  ५ : ४६ बजे

लम्पी स्किनबाट पशु सङ्क्रमित हुँदा किसान समस्यामा

ताप्लेजुङ–  ताप्लेजुङका ६  स्थानीय तहमा लम्पी स्किन रोगको सङ्क्रमण फैलिएको

गाउँ चिन्ने, पसिना बुझ्ने मौद्रिक नीति अपरिहार्य

नेपाल राष्ट्र बैंकले प्रत्येक वर्ष प्रस्तुत गर्ने मौद्रिक नीति राष्ट्रिय

नेपालको प्रशासनमा आधुनिक शक्ति कहिल्यै माथि आउन सकेन

आजभन्दा १५–२० वर्ष अगाडि र अहिले पनि नेपालको प्राथमिक बाधक

बागमती प्रदेशसभा बैठक बस्दै

बागमती– बागमती प्रदेशसभा बैठक आज (सोमबार) बस्दैछ । बैठकमा बागमती

टीकापुर नगरपालिकामा प्लास्टिकको झोला प्रयोगमा प्रतिबन्ध लगाइँदै

कैलाली-  कैलालीकाे टीकापुर नगरपालिकाले आगामी साउन १ गतेदेखि प्लास्टिकका झोलाको