वैदेशिक रोजगारीमा पठाइदिन्छु भन्दै ठगी गरेको आरोपमा तीन जना पक्राउ « Khabarhub

वैदेशिक रोजगारीमा पठाइदिन्छु भन्दै ठगी गरेको आरोपमा तीन जना पक्राउ


१७ फाल्गुन २०८०, बिहीबार  

पढ्न लाग्ने समय : 2 मिनेट


10.1k
Shares
  • change font
  • change font
  • change font

काठमाडौं । वैदेशिक रोजगारीमा पठाउने भन्दै लाखौं ठगी गरेको आरोपमा तीन जनालाई प्रहरीले पक्राउ गरेको छ।

२६ वर्षीय पुरमान भन्ने फरमान हवारीले निरज सेन्चुरी समेत चार जनालाई दुबई जान प्रतिव्यक्ति तीन लाख ५० हजार रुपियाँ लाग्ने र त्यहाँ पुगेपछि एक प्रतिष्ठित कम्पनीमा मासिक तलब ७० हजार रुपियाँ हुने भनी पीडितहरूबाट पटकपटक गरी ११ लाख ६६ हजार रुपियाँ रकम लिइ सम्पर्कविहिन बनेको प्रहरीले जनाएको छ।

स्थायी घर बाराको सिम्रौनगढ नगरपालिका वडा नम्बर ८ भइ हाल काठमाडौं बस्ने हवारीलाई कागेश्वरी मनहरा नगरपालिका गोठाटारबाट पक्राउ गरिएको काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयका प्रवक्ता प्रहरी उपरीक्षक रविन्द्र रेग्मीले बताए।

यस्तै क्रोएसिया पठाउने भनी आठ लाख रुपियाँ रकम लिइ सम्पर्क विहिन भएका ३२ वर्षीय हिराजन पन्त पक्राउ परेका छन्।

प्रहरीका अनुसार स्थायी घर तनहुँ ब्यास नगरपालिका–१० भइ हाल काठमाडौं सामाखुशी बस्ने पन्तले समिर आचार्यलाई क्रोएसिया जान नौ लाख रुपियाँ लाग्ने र त्यहाँ पुगेपछि प्याकिङको काममा मासिक तलब एक लाख ५० हजार हुने भनी प्रलोभनमा पारेका थिए।

यसैगरी, मलेसिया पठाउने भनी दुई लाख दश हजार रुपियाँ लिइ सम्पर्क विहिन बनेका ३७ वर्षीय अस्मिता कार्की पक्राउ परेका छन्।

प्रहरीका अनुसार स्थायी घर सिन्धुली कमलामाई नगरपालिका–११ भइ हाल काठमाडौं गोकणेश्वर बस्ने कार्कीले कान्छा बल समेत तीन जनालाई मलेसिया जान प्रतिव्यक्ति तीन लाख ५० हजार रुपियाँ लाग्ने र त्यहाँ पुगेपछि प्रतिष्ठित कम्पनीमा मासिक तलब ६० हजार रुपियाँ हुन्छ भनी प्रलोभनमा पारेका थिए।

निजहरुमाथि थप अनुसन्धान तथा कारवाहीको लागि वैदेशिक रोजगार विभाग ताहाचल पठाइएको प्रहरीले जनाएको छ।

प्रकाशित मिति : १७ फाल्गुन २०८०, बिहीबार  ८ : २३ बजे

बीस विद्यालयलाई ल्यापटप वितरण

हुम्ला– हुम्ला जिल्ला सदरमुकाममा रहेको सिमकोट गाउँपालिकाले आफ्ना मातहतमा रहेका

हुम्लाका विद्यालयलाई फुटबल सहयोग

हुम्ला– अखिल नेपाल फुटबल सङ्घ (एन्फा)को सहयोगमा यहाँ विद्यालयस्तरमा फुटबल

संघीयता सबलीकरणसहित दुईवटा समितिको बैठक बस्दै

काठमाडौँ– संघीय संसदको राष्ट्रियसभा अन्तर्गत रहेका विभिन्न दुईवटा समितिका बैठक

पूर्वाधार विकासको प्रतीक्षामा ‘दोमुख’

हुम्ला– हुम्ला र मुगु जिल्लाको सिमानामा रहेको हुम्ला कर्णाली तथा

सत्तारुढ दल रास्वपाको आह्वानमा सर्वदलीय बैठक बस्दै

काठमाडौँ– राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को आह्वानमा आज सर्वदलीय बैठक