काठमाडौं– टाटा जेन्युइन पाट्र्सको सिप्रदी अटोपार्टस प्राइभेट लिमिटेडले आफ्ना टाटा गुरुहरूका लागि फिट एण्ड हिट डबल धमाका कार्यक्रम यही वर्षको जनवरी महिना देखी सञ्चालनमा ल्याएको छ ।
१ जनवरी २०२४ मा सुरु भएको यो कार्यक्रमको पहिलो महिनामा टाटाका जेन्युइन ब्रेक लाइनिङ्ग, क्लच प्रेशर प्लेट, र ड्युराफिटका केही सामानहरूमा टाटा गुरुहरूले प्राप्त गर्दै आइरहेको प्वाइन्ट डबल गरिएको थियो ।
उक्त कार्यक्रममा सीमित पार्टसहरुमा मात्र अफर प्रदान गरिएकोमा यही १ फेब्रुअरी २०२४ देखी ३१ मार्च २०२४ सम्मको लागि सबै टाटा जेन्युइन पार्टस, टाटा मोटर्स जेन्युइन आयल र ड्युराफिट पार्टसहरुमा लागु गरिएको कम्पनीले जनाएको छ ।
कमपनीका अनुसार टाटा गुरुहरूले आफूले प्राप्त गर्ने प्वाईन्ट डवल हुने हुँदा प्राप्त प्वाईन्टहरु जम्मा पारी छिटै आफूलाई आवश्यक सामानहरू लिन सक्नेछन् ।
कम्पनीका अनुसार यस कार्यक्रमको उद्देश्य भनेको ग्राहक सेवालाई सरल र सर्वसुलभ बनाउनु हो । साथै टाटा गाडीहरूका लागि नै बनाइएका जेन्युईन पार्टसहरु टाटा गुरुहरू मार्फत प्रयोग गर्दा गाडीको आयु र कार्यक्षमता बढ्दछ र बारम्बार पार्टस परिवर्तन गर्नुपर्ने झञ्झट हुदैन । जेन्युइन पार्टस्को प्रयोगले अन्य पार्टसको प्रयोगबाट हुनसक्ने सम्भावित क्षति न्यूनीकरण गर्न समेत मद्दत गर्दछ । टाटा गुरुहरू मार्फत ग्राहक वर्ग माझ सहज तथा सर्वसुलभ रूपमा टाटाका जेन्युइन पार्टस्हरु उपलब्ध गराउनका लागि यस कार्यक्रम प्रभावकारी हुनेछ ।
प्रतिक्रिया