संसदमा एक सिट पनि नभएका मान्छे प्रधानमन्त्री बन्छु भन्दै हिड्छन् : अध्यक्ष ओली « Khabarhub

संसदमा एक सिट पनि नभएका मान्छे प्रधानमन्त्री बन्छु भन्दै हिड्छन् : अध्यक्ष ओली


१८ फाल्गुन २०८०, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


4.6k
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले संसदमा एक सिट पनि नभएका व्यक्तिहरु प्रधानमन्त्री बन्छु भन्दै हिड्ने गरेको बताएका छन् ।

शुक्रबार काठमाडौंमा नेपाल पुस्तक तथा स्टेसनरी व्यवसायी महासंघको सातौँ राष्ट्रिय महाधिवेशन उद्घाटन गर्दै ओलीले राष्ट्रिय मान्यता प्राप्त नगरेका दलबाट प्रधानमन्त्री हुन्छन् भने आफू पनि असार १५ गते प्रधानमन्त्री बन्छु भन्दै एक सिट पनि नभएका व्यक्तिहरु हिड्ने गरेको बताउनुभएको हो ।

अहिलेको परिस्थितिमा को सरकारमा हुन्छ को हुँदैन भन्न नसक्ने अवस्था रहेको उनले बताए । उनले एमाले त्यस्तो पार्टी नभएको र दृष्टिकोण तथा इतिहास बोकेको पार्टी भएको प्रष्ट पारे ।

अध्यक्ष ओलीले अहिलेको देशको अर्थतन्त्रलाई कोभिडले प्रभाव पारेको छ भन्नु गलत भएको भन्दै अर्थतन्त्र ओरालो लाग्नुको कारण वर्तमान गठबन्धन सरकार नै भएको आरोप लगाए ।

उनले सिर्जना र संस्कृतिको विकासको लागि पठन संस्कृतिको विकास आवश्यक रहेको धारणा राखे ।

प्रकाशित मिति : १८ फाल्गुन २०८०, शुक्रबार  १ : ५९ बजे

महाकालीको भत्किएको झोलुङ्गे पुल पुनर्निर्माण गर्न लेखकको सरकारसँग आग्रह

कञ्चनपुर– नेपाली कांग्रेसका नेता तथा पूर्वगृहमन्त्री रमेश लेखक महाकाली नदीमाथिको

नेपाल विज्ञापन संघद्वारा ‘कृति इग्नाइट’मार्फत १३औँ कृति अवार्ड्सको उद्घाटन

काठमाडौं– नेपाल विज्ञापन संघ (आन) ले आयोजना गरेको रेडबुल १३औँ 

नेकपा केन्द्रीय संयोजन समितिको बैठक

काठमाडाैँ– नेपाली कम्युनिस्ट पार्टी (नेकपा)को केन्द्रीय संयोजन समितिको बैठक जारी

एआईजी दाहालले संवेदनशील सूचना चुहाएको पुष्टि : गृहमन्त्रीको हातमा पुगेको छानविन प्रतिवेदनमा के छ ?

काठमाडौँ – सशस्त्र प्रहरी बलका निलम्बित प्रहरी अतिरिक्त महानिरीक्षक (एआईजी)

हिल्सा नाका बन्द हुँदा सीमा क्षेत्रका नेपाली प्रभावित

हुम्ला– चीनसँगको सीमानाका हिल्सा लामो समयदेखि बन्द हुँदा सीमा क्षेत्रमा