वर्तमान गठबन्धन पाँचै वर्ष चल्छ : रक्षामन्त्री खड्का | Khabarhub Khabarhub

वर्तमान गठबन्धन पाँचै वर्ष चल्छ : रक्षामन्त्री खड्का


१८ फाल्गुन २०८०, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


486
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- उपप्रधानमन्त्री एवं रक्षामन्त्री पूर्णबहादुर खड्काले वर्तमान गठबन्धन जनादेशअनुसार पाँच वर्ष चल्ने बताएका छन् ।

कर्णाली अन्तर्राष्ट्रिय चलचित्र महोत्सवको शुक्रबार काठमाडौंमा उद्घाटन गर्दै खड्काले गठबन्धनमा कुनै समस्या नरहेको भन्दै गठबन्धन पाँच वर्ष चल्ने बताएका हुन् । उनले गठबन्धन बीचमै तोडिने हो की भन्ने आशंका नगर्न आग्रह गरे ।

निर्वाचनका बेला गठबन्धनले पाँच वर्षका लागि जनतासमक्ष मत मागेको भन्दै यसमा सबै दलहरु गम्भीर रहेको उनको भनाइ छ । खड्काले वर्तमान गठबन्धनले सत्ता भन्दा पनि संविधानको रक्षा र मुलुकको समृद्धिका लागि केन्द्रीत रहेको बताए ।

उनले भौतिक दृष्टिकोणका कारण कर्णाली प्रदेश पछि परेको भनिएपनि प्राकृतिक स्रोतका हिसावले मुलुककै गौरवयुक्त प्रदेश रहेको बताए ।

प्रकाशित मिति : १८ फाल्गुन २०८०, शुक्रबार  ३ : ३० बजे

एभर्टनविरुद्ध म्यानचेस्टर सिटीको सहज जित, हालान्ड बने नायक

म्यानचेस्टर – इङ्लिस प्रिमियर लिग अन्तर्गत शनिबार राति भएको खेलमा

गोरखा बजारबाट २० किलोग्राम पटका बरामद

गोरखा – प्रहरीले गोरखा बजारबाट २० किलोग्राम पटका बरामद गरेको

साहित्यकार दाहाल र अधिकारी दम्पती सम्मानित

काठमाडौं – बनेपा जनगालस्थित सयपत्री प्रतिष्ठान नेपालले शिक्षाविद्, वरिष्ठ साहित्यकार

एनपीएलको ट्रफीलाई जानकी मन्दिरमा पूजापाठ गरी नगर परिक्रमा

धनुषा – जनकपुरधाममा नेपाल प्रिमियर लिग (एनपीएल)को ट्रफीको आज पूजापाठ

बङ्गलादेशको प्रमुख विमानस्थलमा आगलागी हुँदा उडान अवरूद्ध

ढाका – बङ्गलादेशको राजधानी ढाकास्थित अन्तर्राष्ट्रिय विमानस्थलको कार्गो टर्मिनलमा शनिबार