नेपाल-पाकिस्तानमैत्री टि-२० क्रिकेट सुरु | Khabarhub Khabarhub

नेपाल-पाकिस्तानमैत्री टि-२० क्रिकेट सुरु


१९ फाल्गुन २०८०, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


9.1k
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– पाकिस्तानी राजदूतावासले हरेक वर्ष आयोजना गर्दै आएको नेपाल–पाकिस्तान मैत्रीपूर्ण टि–२० क्रिकेट प्रतियोगिताको नवौँ संस्करण आजदेखि धुम्बाराहीस्थित क्रिकेट मैदानमा प्रारम्भ भएको छ ।

नेपालका लागि पाकिस्तानका राजदूत अबरर हुसेन हास्मी र नेपाल क्रिकेट सङ्घका पूर्वअध्यक्ष विनयराज पाण्डेले संयुक्तरूपमा उद्घाटन गरे।

त्यस अवसरमा सङ्क्षिप्त मन्तव्य व्यक्त गर्दै राजदूत हास्मीले दुवै देशका युवा वर्गबीच खेलकुदका माध्यमबाट पारस्परिक सम्बन्धलाई जोड्ने प्रयासस्वरुप नौ वर्षदेखि प्रतियोगिता आयोजना गरिँदै आएको बताए । 

शिक्षा तथा खेलकुदका माध्यमबाट युवा वर्गलाई रचनात्मक काममा प्रेरित गर्न भएका प्रयासको पूर्वअध्यक्ष पाण्डेले सराहना गर्दै नेपाल–पाकिस्तान मैत्रीपूर्ण टि–२० प्रतियोगिताले नयाँ प्रतिभा जन्माउने विश्वास व्यक्त गरे।

आगामी नौ दिनसम्म सञ्चालन हुने प्रतियोगितामा १२ वटा टोलीबीच प्रतिस्पर्धा हुनेछ । टोलीमा पाकिस्तानी दूतावास क्रिकेट क्लब, हिमालयन क्रिकेट एकेडेमी, नेक्सस क्रिकेट एकेडेमी, बालुवाटार क्रिकेट क्लबलगायत सहभागी छन् ।

प्रकाशित मिति : १९ फाल्गुन २०८०, शनिबार  ७ : २९ बजे

सय हेक्टरमा धानको बीउ उत्पादन गर्दै सहकारी

कैलाली- करिब दुई दशकअघिबाट धानको बीउ उत्पादन सुरु गरेको जानकी

घरदैलोमा नागरिकता वितरणले सेवाग्राही उत्साहित

पर्सा– पर्साको ठोरी गाउँपालिका– ३ शिकारीबासकी पुनिया कुमारीले ५३ वर्ष

युद्ध विरामका लागि वार्ता गर्न इजरायलले प्रतिनिधि पठाउने

गाजा – गाजामा युद्ध विराम र बन्दी रिहाइको विषयमा हमाससँग

‘उपचारका लागि अब नाडी छाम्न पर्दैन’

बागलुङ– मुलुकमा सङ्घीयता लागू भएसँगै निसीखोला गाउँपालिकामा सातवटा स्वास्थ्य संस्था

सामुदायिक वनमा सर्पगन्धाको व्यावसायिक खेती

तनहुँ– देवघाट गाउँपालिकामा दुर्लभ वनस्पति सर्पगन्धाको व्यावसायिक खेती सुरु गरिएको