नयाँ दिल्लीमा जारी सैनिक सम्मेलनमा नेपाली सेनाका तीन अवकाशप्राप्त प्रधानसेनापति सहभागी हुने « Khabarhub

नयाँ दिल्लीमा जारी सैनिक सम्मेलनमा नेपाली सेनाका तीन अवकाशप्राप्त प्रधानसेनापति सहभागी हुने


१९ फाल्गुन २०८०, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


1.1k
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- भारतको राजधानी नयाँ दिल्लीमा सुरु भएको सेनाप्रमुखको सम्मेलनमा नेपाली सेनाका तीन जना अवकाशप्राप्त प्रधानसेनापति सहभागी हुने भएका छन् ।

सम्मेलनमा सहभागी हुन नेपाली सेनाका अवकाशप्राप्त प्रधानसेनापतिहरु प्यारजङ्ग थापा र गौरवशमशेर जबरा शनिबार नै नयाँ दिल्ली प्रस्थान गरेका छन् । अर्का अवकाशप्राप्त प्रधानसेनापति राजेन्द्र क्षेत्री आइतबार नयाँ दिल्ली जाने कार्यक्रम छ ।

शुक्रबारदेखि सुरु भएको सम्मेलनमा नेपाली सेनाका तीन जना अवकाशप्राप्त प्रधानसेनापति सहभागी हुनेबारे भारतीय सेनाले आफ्नो सामाजिक सञ्जाल एक्समार्फत् जानकारी दिएको छ ।

नेपाली सेनाका प्रधानसेनापति भारतीय सेनाको पनि मानार्थ सेनाध्यक्ष हुने प्रावधानका कारण उनीहरुलाई सम्मेलनमा डाकिएको बुझिएको छ ।

प्रकाशित मिति : १९ फाल्गुन २०८०, शनिबार  ८ : ५२ बजे

मधेस प्रदेशसभा : सभामुख पदका लागि नाम दर्ता

महेन्द्रनगर (धनुषा)- मधेस प्रदेशसभाको सभामुख पदका लागि जनता समाजवादी पार्टी

सप्तगण्डकी बहुउद्देश्यीय आयोजना अगाडि बढाउनुपर्छ : मन्त्री घिसिङ

काठमाडौं– ऊर्जा, जलस्रोत तथा सिँचाइ, भौतिक पूर्वाधार तथा यातायात र

ड्रोन प्रविधि विस्तारका लागि रूसमा जनशक्ति अभाव

मस्को- रूसलाई ड्रोन क्षेत्रमा करिब ४४ हजार दक्ष तथा विशेष

महँगो शुल्कले सुस्तायो पोखराको ‘पुतली जहाज’ को उडान

पोखरा– सिरानमा चाँदीजस्तै टल्किरहेका माछापुच्छ्रे र अन्नपूर्ण हिमशृङ्खला । तल

भृकुटीमण्डपमा नेकपाको एकता सन्देश सभा र्‍याली (तस्बिरहरू)

काठमाडौं – नेपाली कम्युनिस्ट पार्टी (नेकपा) को एकता सन्देश सभा