शालीनको मृत्युबारे गम्भीर छानबिन गर्न प्रधानमन्त्रीको निर्देशन « Khabarhub

शालीनको मृत्युबारे गम्भीर छानबिन गर्न प्रधानमन्त्रीको निर्देशन


१९ फाल्गुन २०८०, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


2.2k
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले शालीन पोखरेलको मृत्यु प्रकरणबारे गम्भीर छानबिन गर्न निर्देशन दिएका छन् ।

चितवनको एकता शिशु निकेतन स्कुलको होस्टेलको कोठामा मृत भेटिएकी शालिनको हत्या कि आत्माहत्या भन्ने विषयमा छानबिन चलिरहेका बेला प्रधानमन्त्री प्रचण्डले यस्तो निर्देशन दिएका हुन् ।

साथै प्रधानमन्त्री प्रचण्डले घटनाको यथार्थ छानविन गरी पोखरेल परिवारलाई न्याय दिलाउन सरकार दृढ र प्रतिवद्ध रहेको समेत उल्लेख गरेका छन् ।

प्रचण्डले सामाजिक सञ्जालमा लेखका छन्, ‘होस्टेलमा मृत अवस्थामा फेला परेकी १४ वर्षीय बालिका शालीन पोखरेलको मृत्युले मलाई गम्भीर र दुखी तुल्याएको छ। घटनाको गहन छानविन गरी सत्यतथ्य पत्ता लगाउन मैले यसअघि नै गृह मन्त्रालयलाई निर्देशित गरिसकेको छु। घटनाको यथार्थ छानविन गरी पोखरेल परिवारलाई न्याय दिलाउन सरकार दृढ र प्रतिवद्ध छ।’

प्रकाशित मिति : १९ फाल्गुन २०८०, शनिबार  १० : १५ बजे

सम्झौताका बाबजुद पनि अमेरिकाप्रति गहिरो अविश्वास कायमै : इरान

एजेन्सी– युद्ध अन्त्य गर्ने उद्देश्यका साथ सहमति भए पनि तेहरानले

मुस्ताङमा पर्यटक बढेसँगै फोहरमैला व्यवस्थापनमा चुनौती

मुस्ताङ–  धार्मिक तथा पर्यटकीय हिमाली जिल्ला, मुस्ताङमा पछिल्लो समय फोहरमैला

कोशी प्रदेशको बजेटको आकार ४० अर्ब २९ करोड ९८ लाख 

काठमाडौं– कोशी प्रदेशले आगामी आर्थिक वर्षको लागि ४० अर्ब २९

अफ्रिकन जायन्ट इजिप्ट र अपराजित बेल्जियमबीच रोचान्चक प्रतिस्पर्धा हुँदै

काठमाडौं- फिफा विश्वकप २०२६ अन्तर्गत समूह ‘जी’ को आफ्नो पहिलो

राष्ट्रियसभामा बजेटमाथि छलफल : बजेट कार्यान्वयन, ऋण व्यवस्थापन र कर नीतिमा प्रश्न

काठमाडौं– राष्ट्रियसभामा आर्थिक वर्ष २०८३/८४ को राजस्व र व्ययको वार्षिक