नगर प्रहरीमाथि आक्रमण गर्ने फुटपाथ व्यापारी नभएर एमाले कार्यकर्ता हुन् : बालेन « Khabarhub

नगर प्रहरीमाथि आक्रमण गर्ने फुटपाथ व्यापारी नभएर एमाले कार्यकर्ता हुन् : बालेन


१९ फाल्गुन २०८०, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


5.9k
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – काठमाडौं महानगरपालिकाका प्रमुख बालेन्द्र शाह ‘बालेन’ ले गएको बुधबार साँझ सुन्धारामा एमाले कार्यकर्ताले नगरप्रहरीमाथि आक्रमण गरेको आरोप लगाएका छन् ।

शनिबार साँझ सामाजिक सञ्जाल इन्स्टाग्राममार्फत उनले बुधबारको घटनाबारे स्पष्टीकरण दिँदै नगर प्रहरीले कसैलाई आक्रमण नगरी आत्मरक्षा मात्रै गरेको दाबी गरे । नगर प्रहरीमाथि स्टील र फलामका रडले आक्रमण भएपछि प्रतिकार गरेको उनले उल्लेख गरेका छन् ।

उनले लेखेका छन्, ‘नगरप्रहरीमाथि आक्रमण गर्नेहरु फुटपाथ ब्यापारी नभई एमाले कार्यकर्ता हुन् । उनीहरुले पहिले स्टील र फलामका रडले आक्रमण गरेपछि नगरप्रहरीले प्रतिकार गरेको हो ।’

बालेनले सामाजिक सञ्जालमा सार्वजनिक भएको भिडिओ आधा मात्रै भएको र नगरप्रहरीमाथि आक्रमण गरिएको भिडियो नआएको बताएका छन् । भिडियोमा देखिएका अधिकाशं व्यक्तिहरु एमाले कार्यकर्ता भएको बालेनको दाबी छ ।

गत बुधबार साँझ फुटपाथ व्यवासायीले सुन्धारामा पसल राख्न खोजेपछि महानगर प्रहरीले हस्तक्षेप गर्दा झडप भएको थियो । झडपमा केही फुटपाथ व्यपारी र नगरप्रहरी घाइते भएका थिए ।

याे पनि…

सुन्धारामा फुटपाथ व्यवसायी र महानगर प्रहरीबीच झडप

प्रकाशित मिति : १९ फाल्गुन २०८०, शनिबार  १० : ४१ बजे

जस्टिन ग्रिभ्सको ऐतिहासिक कीर्तिमान : लगातार ५ ओभरमा मेडन ५ विकेट

काठमाडौँ – वेस्ट इन्डिजका अलराउन्डर जस्टिन ग्रिभ्सले पाकिस्तानविरुद्ध जारी पहिलो

अमेरिका-इरान :आक्रमण रोकेर नेतान्याहु वासिङ्टन पुगे

वासिङ्टन – अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले वासिङ्टन र तेहरानबीच ‘अत्यन्त

चिकित्सक संघबाट आज देशभरका अस्पतालमा आकस्मिकबाहेक सबै सेवा बन्दकाे घाेषणा

काठमाडौँ– नेपाल चिकित्सक संघले आज (मंगलबार) देशैभरका सरकारी, गैरसरकारी र

अमेरिका-इरान कूटनीतिक वार्ताको प्रयास, हर्मुजमा अझै खिचातानी

वासिङ्टन – अमेरिका र इरानबीच लगातार तेस्रो दिन पनि आक्रमण

विद्यालयको आवासीय कोठामा शिक्षिकाको शव फेला, श्रीमान् सम्पर्कविहीन

झापा– झापाको मेचीनगर नगरपालिका– ६ काँकरभिट्टास्थित अरुणोदय इङ्ग्लिस बोर्डिङ स्कुलको