शरीरमा सेतो धर्सा छ ? यसरी हटाउनुहोस्  « Khabarhub

शरीरमा सेतो धर्सा छ ? यसरी हटाउनुहोस् 


२० फाल्गुन २०८०, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


14.4k
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– सामान्यतया महिलाहरूको शरीरको विभिन्न भागमा सेता धर्साहरू देखिन्छन् । यो विशेषगरी पेट, हिप, पिँडौला, स्तन आदि आसपासमा हुने गर्दछ । जसका खुल्ला कपडा लगाउँदा महिलाको शरीरमा भएको सेतो धर्साहरू सबैको नजरमा पर्न पुग्छ ।

विशेषगरी नाइटोमुनिको भाग, तिघ्रा, पाखुरा, हिप, स्तनका वरिपरि देखिने सेतो धर्सालाई स्ट्रेच माक्स भनिन्छ । यो महिला पुरुष दुबैमा देखा पर्दछ । यस्तो धर्सा आउनुमा रोग लगायतका विभिन्न कारण कारक हुने गर्दछ । तर अधिकांश धर्सामा अत्यधिक मात्रामा मोटाउनु र छोटो समयमा नै मोटोपन घट्नुले हुन्छ ।

युवतीहरूमा पहिलो पटक महिनावारी हुँदा शरीरका विभिन्न भागहरू मोटाउँछ । जसका कारण सेतो धर्सा बस्ने गर्दछ । स्तन, हिप, पेट लगायतका ठाउँमा यही समयमा नै सेतो धर्सा देखिन्छ । यस्तै बच्चा जन्माइसकेको महिलाको शरीरमा देखिने सेतो धर्सा बच्चा पेटमा हुँदा शरीर मोटाउँदा र छाला तन्किदा हुने गर्दछ । बच्चा जन्मिएपछि तन्किएको छाला एक्कासि खुम्चिदा छालामा सेता धर्सा बनिसकेको हुन्छ ।

छाला अत्यधिक मात्रामा तन्किदा भित्री भागका रेसाहरू फाट्न पुग्छ । जुन बेला छालाका माथिल्लो तह पातलो बनेको हुन्छ भने भित्री तह फाटेको हुन्छ । यहि समयमा छालामा सेतो धर्साहरू बनिसकेको हुन्छ । यस्तो बेला छाला धेरै कन्याउदा धर्साहरू झनै बढि देखिन सक्छ ।

कसरी हटाउने ?

–  दैनिक १० गिलास पानी पिउँदा छालामा भएका स–साना प्लानहरुलाई सफा राख्छ र धेरै किसिमका छाला सम्बन्धी समस्याबाट टाढा राख्न मद्धत गर्छ ।

– कागतीको रस सेतो धर्सा भएको ठाउँमा लगाएर १० मिनेट छोड्दा र त्यसपछि तातोपानीले सफा गर्दा पनि हटाउन सकिन्छ ।

– अण्डालाई दही र महमा मिसाएर सेतो धर्सा भएको ठाउँमा लगाउँदा धर्सा हट्दै जान्छ ।

– आलुलाई सेतो धर्सा भएको ठाउँमा केहि मिनेट दल्ने र छाला सुख्खा भएपछि मनतातो पानीले धुदाँ पनि सेतो धर्सा हट्छ ।

– घ्यूकुमारी काटेर सेतो धर्सा परेको ठाउँमा दल्ने र केही समयपछि मनतातो पानीले धोएमा पनि धर्साहरू हराउँदै जान्छ ।

विभिन्न एजेन्सीको सहयोगमा

 

प्रकाशित मिति : २० फाल्गुन २०८०, आइतबार  ३ : २० बजे

विभिन्न देश पठाउने भन्दै डेढ करोड ठगी, ३ जना पक्राउ

काठमाडौँ– वैदेशिक रोजगारीमा आकर्षक तलबको प्रलोभनमा पारी विभिन्न देश पठाइदिन्छु

महाधिवेशन सौहार्दपूर्ण सम्पन्न गर्न सबै जिम्मेवार हुनुपर्छ: देउवा

काठमाडौं– नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले आगामी पुसमा निर्धारण गरिएको

कर्णालीमा एमालेले गर्‍यो प्रतिनिधि छनोट (नामावलीसहित)

सुर्खेत- आसन्न ११औँ महाधिवेशनका लागि कर्णालीमा नेकपा एमालेले कर्णालीबाट सबै

प्रधानमन्त्री कार्कीद्वारा सर्वपक्षीय बैठक आह्वान

काठमाडौँ- प्रधानमन्त्री सुशीला कार्कीले शुक्रबार सर्वदलीय बैठक आह्वान गरेकी छन्।

बागलुङमा एक मतदानस्थल थप, दुई स्थानान्तरणको सिफारिस

बागलुङ – बागलुङमा आगामी फागुन २१ गते हुने प्रतिनिधिसभाको निर्वाचनलाई