चिनियाँ जनमुक्ति सेनाका लडाकु विमान ताइवानी हवाई रक्षा पहिचान क्षेत्रमा प्रवेश | Khabarhub Khabarhub

चिनियाँ जनमुक्ति सेनाका लडाकु विमान ताइवानी हवाई रक्षा पहिचान क्षेत्रमा प्रवेश


२० फाल्गुन २०८०, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


930
Shares
  • change font
  • change font
  • change font

ताइपेई- चीन र ताइवानबीचको तनाव थप बढेको छ । हालैमात्र २१ चिनियाँ लडाकु विमान र ६ नौसैनिक जहाजले ताइवानको फन्को मारेका छन् ।

ताइवानी  रक्षा मन्त्रालयका अनुसार ती विमानहरू शनिबार बिहान ६ बजेदेखि आइतबार बिहान ६ बजेसम्म देखिएका छन् ।

ताइवानी पक्षले जनाएअनुसार चिनियाँ जनमुक्ति सेनाका २१ वटा विमानमध्ये एउटाले ताइवान स्ट्रेट मध्य रेखा पार गरी ताइवानी हवाई रक्षा पहिचान क्षेत्रको दक्षिण पश्चिम कुनामा प्रवेश गरेको थियो । थप ९ लडाकु विमानले ताइवानको दक्षिण पश्चिम क्षेत्रमा प्रवेश गरेका थिए ।

चीनको यस कदमसँगै ताइवानले जनमुक्ति सेनाको गतिविधि निगरानी गर्न हवाई रक्षा मिसाइलहरू तैनाथ गरेको छ ।

प्रकाशित मिति : २० फाल्गुन २०८०, आइतबार  ५ : २९ बजे

एनसेल उत्कृष्ट करदाता, ललितपुरमहानरले गर्‍यो सम्मान

काठमाडौं– एनसेल सबैभन्दा बढी कर तिरेकोमा सम्मानित भएको छ। गत

एकीकृत समाजवादीका नेताहरूको जिम्मेवारी हेरफेर

काठमाडौं– नेकपा (एकीकृत समाजवादी)ले केन्द्रीय महाधिवेशन सम्पन्न गरेको छ महिनापछि

साङ्ग्रिला डेभलपमेन्टले ३.८४ प्रतिशत बोनस दिने 

काठमाडौं– साङ्ग्रिला डेभलपमेन्ट बैंक लिमिटेडले गत आर्थिक वर्षको नाफाबाट ३.८४

एनपीएल एलिमिनेटर : चितवनले गुमायो तीन विकेट

काठमाडौं– नेपाल प्रिमियर लिग (एनपीएल) क्रिकेटको एलिमिनेटरमा चितवन राइनोजले तीन

सुनको मूल्य घट्यो, कतिमा भइरहेको छ कारोबार ?

काठमाडौं- नेपाली बजारमा आज सुनको मूल्य घटेको छ । नेपाल