टिआरसीबारे छलफल गर्न कानुन समितिको बैठक आह्वान | Khabarhub Khabarhub

टिआरसीबारे छलफल गर्न कानुन समितिको बैठक आह्वान


२० फाल्गुन २०८०, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


396
Shares
  • change font
  • change font
  • change font

काठमाडौं । संक्रमणकालीन न्यायसम्बन्धी विधेयक (टिआरसी)बारे छलफल गर्नका लागि प्रतिनिधिसभा अन्तर्गतको कानुन, न्याय तथा मानव अधिकार समितिको बैठक बोलाइएको छ । समितिको बैठक सोमबार बिहान ७ः४५ मा बस्ने छ ।

आइतबार साँझ प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’, एमाले अध्यक्ष ओली र राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेबीच भएको छलफल लगत्तै टिआरसीबारे छलफल गर्न कानुन समितिको बैठक बोलाइएको हो । ओली र रवि टिआरसी विधेयकको विषयमा लचिलो देखिएका छन् ।

यसअघि नेकपा एमालेले टीआरसी अघि बढाउँदा पीडित मैत्री बन्नुपर्ने भन्दै असहमति जनाएको थियो । पछिल्लो समय भने एमाले विधेयकलाई लिएर सकारात्मक देखिदै आएको छ । हाल उक्त विधेयक संसद्को कानुन समितिमा रहेको छ ।

आइतबार बसेको समितिको बैठकमा पनि टिआरसी विधेयका विषयमा छलफल भएको थियो । बैठकमा कानुन, न्याय तथा संसदीय मामिलामन्त्री धनराज गुरुङले विधेयक टुङ्ग्याउन थप समय माग गरेका थिए ।

कानुनमन्त्री गुरुङले विधेयकमा धेरै विषयमा सहमति भइसकेको भए पनि केही कुरा स्पष्ट हुन जरुरी रहेको बताए । नेपाली कांग्रेसका प्रमुख सचेतक रमेश लेखकले सङ्क्रमणकालीन न्यायलाई पीडितले न्याय पाउने गरी आपसमा सहमति गरेर अन्तर्राष्ट्रिय मापदण्डअनुसार विधेयक बनाउनुपर्नेमा जोड दिए ।

याे पनि…

कानुनमन्त्री गुरुङले मागे सङ्क्रमणकालीन न्यायसम्बन्धी विधेयक टुङ्ग्याउन थप समय

प्रधानमन्त्री प्रचण्डले गरे ओली र रविसँग छलफल

देउवा र ओलीसँग प्रधानमन्त्रीको छुट्टाछुट्टै भेट

प्रकाशित मिति : २० फाल्गुन २०८०, आइतबार  ११ : ५० बजे

अरुण नदीमा बेपत्ता दुई बालिका अझै भेटिएनन

भोजपुर – अरुण नदीमा बेपत्ता भएका दुई बालिका अझै भेटिएका

प्रदेश सरकार खेलकुदको विकासका लागि प्रतिबद्ध छः मुख्यमन्त्री सिंह

धनुषा – मधेश प्रदेशका मुख्यमन्त्री सतिशकुमार सिंहले खेलाडीले मेहनत गरेर

फेवाताल किनारमा ३६० सीमा स्तम्भ गाडिए

कास्की – पर्यटन राजधानी पोखरास्थित प्रमुख पर्यटकीय गन्तव्य फेवातालको ताल

दृष्टि मिडियाका अध्यक्ष र कार्यकारी सम्पादक धरौटी तिरेर रिहा

काठमाडौं – अदालतको अवहेलनासम्बन्धी मुद्दामा दृष्टि मिडिया प्रालिका अध्यक्ष शम्भुलाल

बैंक लुटपाटमा संलग्न एक अभियुक्त पक्राउ

सिरहा – सिरहाको कल्याणपुरस्थित ग्लोबल आइएमई बैंक शाखाबाट रु नौ