टिआरसी विधेयक टुंगो लगाउन प्रचण्ड, ओली र लामिछाने तयार : कानुन समिति बैठक बस्दै « Khabarhub

टिआरसी विधेयक टुंगो लगाउन प्रचण्ड, ओली र लामिछाने तयार : कानुन समिति बैठक बस्दै


२१ फाल्गुन २०८०, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


11.8k
Shares
  • change font
  • change font
  • change font

काठमाडौं। संक्रमणकालीन न्यायसम्बन्धी विधेयक (टिआरसी)बारे छलफल गर्न सोमबार बिहानै कानुन समितिको बैठक बोलाइएको छ। प्रतिनिधिसभा अन्तर्गतको कानुन, न्याय तथा मानव अधिकार समितिको बैठक सोमबार बिहान ७:४५ बजेका लागि बोलाइएको हो।

आइतबार साँझ प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’, नेकपा (एमाले) अध्यक्ष केपी ओली र राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेसँग भएको छलफल लगत्तै टिआरसीबारे छलफल गर्न कानुन समितिको बैठक बोलाइएको हो। ओली र लामिछाने टिआरसी विधेयकको विषयमा लचिलो देखिएका छन्।

यसअघि एमालेले टिआरसी अघि बढाउँदा पीडित मैत्री बन्नुपर्ने भन्दै असहमति जनाएको थियो। पछिल्लो समय भने एमाले विधेयकलाई लिएर सकारात्मक देखिदै आएको छ। हाल उक्त विधेयक संसद्को कानुन समितिमा छ।

आइतबार बसेको समितिको बैठकमा टिआरसी विधेयका विषयमा छलफल भएको थियो। बैठकमा कानुन, न्याय तथा संसदीय मामिलामन्त्री धनराज गुरुङले विधेयक टुङ्ग्याउन थप समय माग गरेका थिए।

कानुनमन्त्री गुरुङले विधेयकमा धेरै विषयमा सहमति भइसकेको भए पनि केही कुरा स्पष्ट हुन जरुरी रहेको बताए। नेपाली कांग्रेसका प्रमुख सचेतक रमेश लेखकले सङ्क्रमणकालीन न्यायलाई पीडितले न्याय पाउने गरी आपसमा सहमति गरेर अन्तर्राष्ट्रिय मापदण्डअनुसार विधेयक बनाउनुपर्नेमा जोड दिए।

याे पनि…

कानुनमन्त्री गुरुङले मागे सङ्क्रमणकालीन न्यायसम्बन्धी विधेयक टुङ्ग्याउन थप समय

प्रधानमन्त्री प्रचण्डले गरे ओली र रविसँग छलफल

देउवा र ओलीसँग प्रधानमन्त्रीको छुट्टाछुट्टै भेट

प्रकाशित मिति : २१ फाल्गुन २०८०, सोमबार  ५ : ३९ बजे

ट्राफिक जरिबाना नतिर्ने दुई लाख ६१ हजार चालकले सवारीसाधन खरिदबिक्री गर्न नपाउने

काठमाडौं । ट्राफिक कारबाहीमा परेर जरिबाना नतिर्ने सवारी चालकले यातायात

नक्कली भुटानी शरणार्थी प्रकरणमा टोपबहादुर र बालकृष्ण खाण पनि दोषी ठहर

काठमाडौँ । भुटानी शरणर्थी प्रकरणमा एमालेका नेता तथा पूर्वमन्त्री टोपबहादुर

नक्कली भुटानी शरणार्थी प्रकरणमा यी ७ जनाले पाए सफाइ

काठमाडौँ । काठमाडौं जिल्ला अदालतले नक्कली भुटानी शरणार्थी प्रकरणमा पूर्वउपप्रधानमन्त्री

नक्कली भुटानी शरणार्थी : प्रकरण टेकनाथ रिजाल, केशव दुलाल, सानु भण्डारी दोषी ठहर

काठमाडौँ । भुटानी शरणार्थी प्रकरणमा शरणार्थी नेता टेकनाथ रिजालसहित तीन

आजका समाचार : एडीबीले नेपाललाई सहयोग गर्ने, मौद्रिक नीति सार्वजनिक, मनाङमा चामलको माग बढ्यो र हर्मुजमा फेरी हमला

चार विधेयक विधायन समितिमा पठाउने प्रस्ताव स्वीकृतराष्ट्रियसभाले विभिन्न चार विधेयक