बच्चाको योजना अगाडि दम्पत्तीको स्वास्थ्य जाँच अनिवार्य | Khabarhub Khabarhub

बच्चाको योजना अगाडि दम्पत्तीको स्वास्थ्य जाँच अनिवार्य


२१ फाल्गुन २०८०, सोमबार  

पढ्न लाग्ने समय : 3 मिनेट


1.3k
Shares
  • change font
  • change font
  • change font

गर्भ बसेपछि नौ महिनाको कठिन यात्रामा गर्भवतीले अनेकौ समस्या र पीडा भोग्नु परिरहेको हुन्छ। गर्भवस्थामा आउने विभिन्न जटिलतामध्ये थाइराइड, मधुमेह, उच्च रक्तचाप, रगत बग्ने, पेट दुख्नु मुख्य समस्या हुन्। यस्ता समस्याले गर्भवस्थामा जटिलता निम्त्याउने जोखिम हुन्छ। त्यसैले गर्भधारण गर्नुअगाडि नै आमा र बाबुको स्वस्थ्य जाँच गर्नु राम्रो हुने चिकित्सकको सुझाव छ। गर्भावस्थामा के कस्ता जटिलता आउँछन् ? यस्तो समस्या आउँदा उपचार के छ ? गर्भ बसिसकेपछि समस्या आउन नदिन के कुरामा ध्यान दिने ? यी र यस्तै विषयमा महिला रोग विशेषज्ञ डा. शुभेच्छा पाण्डेसँग गरिएको कुराकानी :

रगत बगेर गर्भपतन हुने सम्भावना पहिलो चरणमा धेरै देखिन्छ। बच्चाको वृद्धि विकास हुने भनेकै पहिलो चरणमा हो। त्यसैले केही समस्या देखियो भने तुरुन्तै चिकित्सकसँग सल्लाह लिनुपर्छ।

गर्भ बसेपछि के कस्ता जटिलता आउँछन् ?
गर्भवस्था भनेको छोटो समय होइन। ४० हप्ताको समय हो। गर्भवस्थालाई पहिलो, दोस्रो र तेस्रो गरेर तीन चरणमा बाँडेर हेरिन्छ। पहिलो तीन महिना अर्थात् बच्चा बस्नुदेखि १३ हप्तासम्मको समयलाई पहिलो चरण मानिन्छ। १३ देखि २८ हप्तासम्मको समयावधिलाई दोस्रो चरण मानिन्छ भने २८ देखि ४० हप्ताको समयलाई तेस्रो चरण मानिन्छ। यी चरणमा छुट्टाछुट्टै जटिलता देखा पर्छन्।

पहिलो चरणमा कस्ता जटिलता आउँछन् ?
सामान्यतया बच्चा बसेको चार हप्तापछि थाहा हुन्छ। यो अवस्थामा धेरैलाई वान्ता हुने समस्या हुन्छ। कसैलाई थोरै मात्रामा यस्तो समस्या हुन्छ भने कसैलाई धेरै हुन्छ। धेरै वान्ता भयो भने चिकित्सकसँग सल्लाह लिनुपर्छ। समस्या सामान्य छ वा कहिलेकाही मात्र वान्ता हुन्छ भने कुन खानेकुराले आफूलाई समस्या भइरहेको छ त्यो खानु हुँदैन। त्यस्तै कहिलेकाहीँ सामान्य रगत जाने समस्या हुन्छ। रगत बगेर गर्भपतन हुने सम्भावना पहिलो चरणमा धेरै देखिन्छ। बच्चाको वृद्धि विकास हुने भनेकै पहिलो चरणमा हो। त्यसैले केही समस्या देखियो भने तुरुन्तै चिकित्सकसँग सल्लाह लिनुपर्छ। चिकित्सकको सुझाव अनुसार औषधी खानुपर्छ।

धुम्रपान र मद्यपानको सेवन गर्भावस्थामा गर्नै हुँदैन। यो समयमा कफी लगायत क्याफिनको मात्रा भएका खानेकुरा खानु हुँदैन।

खानपानका कारण पनि गर्भ खेर जान्छ भनिन्छ कस्तो खाना खाँदा गर्भ खेर जाने हो ?
धुम्रपान र मद्यपानको सेवन गर्भावस्थामा गर्नै हुँदैन। यो समयमा कफी लगायत क्याफिनको मात्रा भएका खानेकुरा खानु हुँदैन। ग्याट्रिक गराउने खालका जंकफुड, चिल्लो, पिरो खानेकुरा भान्छामा प्रयोग गर्नु हुँदैन। आफ्नो शरीरलाई एलर्जी गराउने खालका खानेकुरा नखानु राम्रो हुन्छ। यो समयमा पोषिलो र सादा खानेकुरा उपयुक्त मानिन्छ।

पछिल्लो समय गर्भ बसेपछि मधुमेहको समस्या धेरैलाई देखिन थालेको छ। यसको कारण के हुनसक्छ ?
यसमा पारिवारिक इतिहासले एकदमै महत्त्व राख्छ। त्यसैले बच्चाको योजना बनाउनुभन्दा पहिले नै मधुमेह जाँच गराउँदा राम्रो हुन्छ। तर कहिलेकाहीँ गर्भावस्थामा हर्मोनका कारणले पनि मधुमेह हुनसक्छ। गर्भ बसेको २० हप्तादेखि २४ हप्तासम्म हर्मोनको मात्रा बढ्ने हुँदा मधुमेह बढेर बच्चा र आमालाई असर गर्नसक्छ। त्यसैले हरेक गर्भवतीले गर्भ बसेको पहिलो चरण पार गरिसकेपछि मधुमेह जाँच गराउनु आवश्यक छ।

उमेरको आधारमा भन्नुपर्दा अण्डा स्वास्थ्य हुने भनेको ३० वर्ष अगाडि नै हो। त्यसैले ३० वर्ष अगाडि बच्चा जन्माउनु एकदमै राम्रो हुन्छ।  ३५ वर्ष कटेपछि विस्तारै अण्डाको गुणस्तर खस्किन्छ।

बढ्दो उमेरसँगै बच्चा जन्माउन पनि कठिन हुन्छ भनिन्छ। कुन उमेरमा बच्चा जन्माउनु राम्रो हुन्छ ?
उमेरको आधारमा भन्नुपर्दा अण्डा स्वास्थ्य हुने भनेको ३० वर्ष अगाडि नै हो। त्यसैले ३० वर्ष अगाडि बच्चा जन्माउनु एकदमै राम्रो हुन्छ। जबकी ३५ वर्षसम्म पनि त्यो अण्डा स्वस्थ हुँदैन। ३५ वर्ष कटेपछि विस्तारै गुणस्तर खस्किन्छ। जसले गर्दा बच्चामा डाउन सिन्ड्रोम हुने सम्भावना हुन्छ। आमालाई उच्च रक्तचापको समस्या हुने, मुटु र किड्नीमा समस्या हुने, बच्चा खेर जाने सम्भावना धेरै हुन्छ। त्यसैले ३० देखि ३५ वर्ष भित्र नै बच्चा जन्माउनु राम्रो मानिन्छ। पछिल्लो समय ढिलो विवाह गर्ने प्रचलनले बच्चा पनि ढिलो जन्माउने धेरै हुन्छन्। यदि त्यस्तो अवस्था भए पहिले नै अण्डा फ्रिज गरेर राख्न पनि सकिन्छ।

गर्भावस्थामा आउने जटिलताबाट बच्न के कुरामा ध्यान दिनुपर्छ ?
गर्भावस्थाको पहिलो चरणमा वान्ता र रक्तश्राव हुने हो। यसको लागि खानपान र दैनिकी क्रियाकलापमा ध्यान दिनुपर्छ। गर्भ बसेको २० हप्तासम्ममा बच्चाको विकास भइसकेको हुन्छ। त्यो बेलामा बच्चामा केही खराबी जस्तै ओठ बिग्रेको, मुटुमा समस्या, हातखुट्टामा समस्या छ कि भनेर थाहा पाउन एनोमली स्क्यान गराउनुपर्छ। त्यस्तै ३५ वर्ष नाघेका महिलाको डाउन सिण्ड्रोमको स्क्रिनिङ टेस्ट हुन्छ। जसमा आमाको रगत निकालेर बच्चालाई हेरिन्छ। त्यस्तै मधुमेह जाँच गर्ने, बेलाबेलामा रगत जाँच गर्ने गर्नुपर्दछ। नियमित रुपमा चिकित्सकको सम्पर्कमा रहनुपर्छ। २८ हप्ता कटेपछि बच्चा राम्रोसँग चलेको छ कि छैन भनेर ध्यान दिनुपर्छ। कतिपय महिला बच्चा तीन चार दिनदेखि चलेन भन्दै आउँछन्। यसरी लापरवाही गर्नु हुँदैन। त्यत्ति लामो समय बच्चा नचल्नु भनेको खतरा हो। त्यत्तिबेलासम्ममा पेट भित्र बच्चा खेर गइसकेको हुन्छ। आइरन क्याल्सियम नियमित खानुपर्छ। केही समस्या आयो भने तुरुन्त चिकित्सककहाँ जानुपर्छ। गर्भवती र परिवार सचेत भएमा केहीहदसम्म गर्भावस्थामा आउने जटिलताबाट बच्न सकिन्छ। बच्चाको योजना बनाउनु अगाडि नै स्वास्थ्य जाँच गर्नु अनिवार्य हुन्छ।

बच्चाको योजना बनाउनु अगाडि मधुमेह जाँच गर्नुपर्छ । गर्भावस्थामा हर्मोनका कारणले मधुमेहको जोखिम हुन्छ। २० हप्तादेखि २४ हप्तासम्म हर्मोनको मात्रा बढ्ने हुँदा मधुमेह बढेर बच्चा र आमालाई असर हुन्छ । हरेक गर्भवतीले पहिलो चरण पार गरिसकेपछि मधुमेह जाँच गर्नुपर्छ ।

बच्चाको योजना बनाउनु अगाडि स्वास्थ्य जाँच गर्नुपर्छ भन्नुभयो, आमाको मात्रै जाँच गर्ने हो या दम्पत्तीको नै जाँच गर्नु आवश्यक छ ?
आमा–बाबु दुवैको स्वास्थ्य जाँच गर्नु आवश्यक छ। आमा सँगसँगै बाबुको शुक्रकिट पनि स्वस्थ भयो भने स्वस्थ बच्चा जन्मिन्छ। त्यसैले बच्चाको योजना बनेपछि दुवै जनाको स्वास्थ्य जाँच गर्नु आवश्यक छ।

 

बच्चाको योजनामा रहेका दम्पत्ती र गर्भवतीको लागि यहाँको सुझाव के छ ?
सहरी क्षेत्रमा धेरै दम्पत्ती शिक्षित छन्। उनीहरुलाई कुन समयमा कस्तो जाँच गराउनुपर्छ भन्ने कुराको जानकारी हुन्छ। तर ग्रामीण क्षेत्रका आमा अझै पनि गर्भ बसेको २० देखि २८ हप्ता कटिसकेपछि मात्रै पहिलोपक जाँच गराउँछन्। जसले गर्दा गर्भावस्थामा जटिलता आउने सम्भावना धेरै हुन्छ। बच्चामा डाउन सिनड्रोमको समस्या देखिनसक्छ। त्यसैले सकेसम्म बच्चा जन्माउनुभन्दा पहिले नभए बच्चा पेटमा आइसकेपछि पनि बेलाबेलामा जाँच गर्नुपर्छ। समयसमयमा जाँच गर्नु भनेकै आमा र बच्चा स्वास्थ रहनु हो।

प्रकाशित मिति : २१ फाल्गुन २०८०, सोमबार  ८ : ०० बजे

आगामी बजेट नयाँ ढंगबाट आउँछ : प्रधानमन्त्री दाहाल

काठमाडौं– प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले आगामी आर्थिक वर्षको नीति तथा

एमाले सांसद सुहाङले लिए शपथ (तस्बिरहरू)

काठमाडौं– इलाम- २ बाट नवनिर्वाचित सांसद सुहाङ नेम्वाङले पद तथा

आज सुनचाँदीको मूल्य स्थिर

काठमाडौं- नेपाली बजारमा सुनचाँदीको मूल्य स्थिर रहेको छ । नेपाल

डेढ वर्षपछि चीनद्वारा भारतमा राजदूत नियुक्त

काठमाडौं- करिब डेढ वर्षपछि चीनले भारतमा नयाँ राजदूत पठाउने तयारी

भैँसी पाल्ने किसानलाई गाउँपालिकाको अनुदान

पर्वत– जिल्लाको पैयुँ गाउँपालिकाले व्यावसायिक रूपमा भैँसी पाल्ने किसानलाई रु