पोखरामा टेवानको सहकार्यमा 'महाकमेडी विथ महाजात्रा' | Khabarhub Khabarhub

पोखरामा टेवानको सहकार्यमा ‘महाकमेडी विथ महाजात्रा’


२१ फाल्गुन २०८०, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


1.1k
Shares
  • change font
  • change font
  • change font

कास्की– पोखरामा सोमबार महाकमेडी विथ महाजात्रा कार्यक्रम हुँदैछ । चलचित्र पत्रकार संघ कास्कीले पोखरामा आइतबार आयोजना गरेको पत्रकार सम्मेलनमा महाकमेडी विथ महाजात्रा कार्यक्रम घोषणा गरिएको हो । 

कार्यक्रम निर्देशक विशाल भण्डारीले महाकमेडी विथ महाजात्रा फागुन २१ गते साँझ पोखराको सभागृह हलमा आयोजना गरिएको बताए। 

पोखराका दर्शकले प्रत्यक्ष रुपमा कमेडी च्याम्पियनका कलाकारसँग साक्षात्कार गर्न पाउने भन्दै उनले  दर्शकहरूलाई विभिन्न सहरमा पुगेर हसाउने उद्देश्यका साथ कार्यक्रमको आयोजना गरिएको बताए । 


पोखरामा आज हुने कार्यक्रममा हरिवंश आचार्य, विपिन कार्की, रवीन्द्रसिंह बानियाँ, रवीन्द्र झा, राजाराम पौडेल, अभिनेत्री वर्षा राउत सहित कमेडी क्लब विथ च्याम्पियनका टोली दीपाश्री निरौला, सुमन कार्की, मेक्सम गौडेल, कैलाश कार्की, सजन श्रेष्ठ लगायतको प्रस्तुति रहने छ । 

पत्रकार सम्मेलनमा बोल्दै नायिका दीपाश्री निरौलाले पोखराका दर्शकसँग प्रत्यक्ष रुपमा महाकमेडी विथ महाजात्रा कार्यक्रम भव्य हुने बताइन् । पोखराको कार्यक्रमका लागि पर्यटन व्यवसायी महिला संघ (टेवान)ले सहकार्य गरेको छ । पत्रकार सम्मेलनमा बोल्दै टेवानकी अध्यक्ष कमला गिरीले महाकमेडी विथ महाजात्रा कार्यक्रमको सम्पूर्ण तयारी पुरा भएको बताइन् । 

उनले यो कार्यक्रमले पोखरा र पोखराको पर्यटन प्रवर्द्धन गर्न महत्वपूर्ण सहयोग पुग्ने दाबी गरिन् । 

खल्तीबाट टिकट काट्न सकिने कार्यक्रमका लागि पाँच  सय रुपैयाँ प्रवेश शुल्क तोकिएको छ ।

प्रकाशित मिति : २१ फाल्गुन २०८०, सोमबार  १२ : ४४ बजे

बलर हावी खेलमा नेपालले स्कटल्याण्डलाई दुई विकेटले हरायो

काठमाडौँ – स्कटल्याण्डमा जारी त्रिकोणात्मक टी२० सिरिजअन्तर्गत भइरहेको तेस्रो खेलमा

नेपालविरुद्ध स्कटल्याण्डको पनि कसिलो बलिङ, १५.२ ओभरमा ६ विकेट लिएर दियो ७७ रन

काठमाडौँ – स्कटल्याण्डमा जारी त्रिकोणात्मक टी२० सिरिजअन्तर्गत भइरहेको तेस्रो खेलमा

संरक्षणकर्मीमाथि वालिङ-१० का वडाध्यक्षबाट साङ्घातिक आक्रमण

काठमाडौँ – आँधीखोला दोहनविरुद्ध आवाज उठाइरहेका संरक्षणकर्मी दिनकर नेपाल र

नेपालसामु ९७ रनमै समेटियो स्कटल्याण्ड

काठमाडौँ – स्कटल्याण्डमा जारी त्रिकोणात्मक टी२० सिरिजअन्तर्गत भइरहेको तेस्रो खेलमा

न्यायाधीशलाई मोसो दलिएको घटनामा पूर्वन्यायाधीश फोरमको आपत्ति

पूर्वन्यायाधीश फोरमका अध्यक्ष टोपबहादुर सिंह काठमाडौं– जनकपुर उच्च अदालतअन्तरगत वीरगञ्ज