प्रधानमन्त्री प्रचण्डको नेतृत्वमा अस्थिरताको अर्को श्रृङ्खला थपियो : सांसद पौडेल « Khabarhub

प्रधानमन्त्री प्रचण्डको नेतृत्वमा अस्थिरताको अर्को श्रृङ्खला थपियो : सांसद पौडेल


२१ फाल्गुन २०८०, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


1.2k
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- नेपाली कांग्रेसका युवा नेता एवं प्रतिनिधिसभा सदस्य प्रदीप पौडेलले प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले नेपाली राजनीतिक इतिहासमा अस्थिरताको अर्को श्रृङ्खला थपेको टिप्पणी गरेका छन् ।

सोमबार सामाजिक सञ्जालमा पोस्ट गर्दै नेता पौडेलले अहिले फेरिएको गठबन्धनले अस्थिरताको अर्को श्रृङ्खला थपेको भन्दै यसको नेतृत्व स्वयं प्रचण्डले गरेको टिप्पणी गरेका हुन् ।

उनले लेखेका छन्, ‘अहिले फेरिएको गठबन्धनले नेपाली राजनीतिक इतिहासमा अस्थिरताको अर्को शृंखला थपेको छ । जसको नेतृत्व स्वयं प्रधानमन्त्रीले गरेका छन् ।’

नेता पौडेलले यस्ता घटना र नेतृत्वकर्ताको व्यवहारले लामो समयदेखि नेपाली नागरिकले खोजेको राजनीतिक स्थिरता र विकासको स्वाद अझै केही समय पाउन नसक्ने प्रष्ट संकेत देखिएको उनको भनाइ छ । उनले कुनै व्यक्ति, पात्र वा पार्टी, कसले के पाए वा गुमाए भन्दा जटिल र गहन सवाल देशले के पायो भन्ने रहेको उल्लेख गरेका छन् ।

प्रकाशित मिति : २१ फाल्गुन २०८०, सोमबार  ४ : ४६ बजे

चन्द्रागिरिलाई ‘बालश्रम मुक्त स्थानीय तह’ घोषणा गरिँदै

काठमाडौं– चन्द्रागिरि नगरपालिकालाई ‘बालश्रम मुक्त स्थानीय तह’ घोषणा गरिँदै छ

बिलाउनीको झाडी फाँडेर सुन्तला बगान

म्याग्दी– म्याग्दीको मालिका गाउँपालिका–७ दोवाटाका किसानहरूले बिलाउनीको झाडी फाँडेर सुन्तला

भारतमा ट्याङ्कर दुर्घटना भएर बसमा ठोक्किँदा आगलागी : नौ जनाको मृत्यु

काठमाडौं – भारतको कर्नाटकमा बस र ट्याङ्कर दुर्घटनापछि आगलागी हुँदा

राष्ट्रपतिद्वारा ‘क्रिसमस डे’को शुभकामना

काठमाडौं– राष्ट्रपति रामचन्द्र पौडेलले विविधताबीचको राष्ट्रिय एकतालाई थप मजबुत तथा