फुटपाथ व्यवासायीमाथि कुटपिट घटनाको आयोगद्वारा अनुगमन « Khabarhub

फुटपाथ व्यवासायीमाथि कुटपिट घटनाको आयोगद्वारा अनुगमन


२१ फाल्गुन २०८०, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


3.5k
Shares
  • change font
  • change font
  • change font

काठमाडौं । राष्ट्रिय मानवअधिकार आयोगले काठमाडौँ महानगरपालिकाका प्रहरीले फुटपाथ व्यवसायीलाई कुटपिट गर्नुका साथै दुर्व्यहार गरेको घटनाको अनुगमन गरेको छ ।

आयोगले महानगरका प्रहरीको कुटपिटबाट घाइते भएका व्यक्तिको ट्रमा सेन्टरमा उपचार भइरहेको, व्यवसायीको सामान जफत भएको र केही व्यवसायीलाई पक्राउ गरी थुनामा राखिएकोलगायत अनुगमनका क्रममा पाइएको आयोगका प्रवक्ता डा टीकाराम पोखरेलले बताए ।

“व्यवसायीको सामान जफत भएको र केही व्यवसायीलाई पक्राउ गरी थुनामा राखिएकोलगायत सूचना अनुगमनका क्रममा आयोगलाई प्राप्त भएका छन्”, उनले भने ।

काठमाडौँ महानगर प्रहरीले सुन्धारा आसपासका सडकमा व्यापार व्यवसाय गरिरहेका फुटपाथ व्यवसायीमाथि यही फागुन १६ गते कुटपिट तथा बल प्रयोग गरेको र तत्पश्चात् काठमाडौँ महानगर प्रहरी र फुटपाथ व्यवसायीबीच झडप हुँदा दुवैतर्फका ११ व्यक्ति घाइते भएका थिए । आयोगले उक्त घटनाको अध्ययन गरिरहेको जनाएको छ ।

घटनाको सत्यतथ्य विवरण एवं फुटपाथ व्यवसायीसँग यसअघि गरिएका सम्झौताको कार्यान्वयन अवस्थासहितको जानकारी उपलब्ध गराउन काठमाडौँ महानगरपालिकालाई पत्राचार गर्नुका साथै फुटपाथ व्यवसायी र सरोकारवालासँग जानकारीसमेत लिएको आयोगले जनाएको छ ।

प्रकाशित मिति : २१ फाल्गुन २०८०, सोमबार  ११ : २५ बजे

नक्कली उत्पादनविरुद्ध सरकार आक्रामक : सयभन्दा बढी शङ्कास्पद वस्तु नियन्त्रणमा

काठमाडौँ – बजारमा नक्कली उत्पादनहरूको बिक्री-वितरण भइरहेको खबर सार्वजनिक भएपछि

लागूऔषधसहित विभिन्न स्थानबाट १४ जना पक्राउ

काठमाडौँ– नियमित गस्तीमा रहेको प्रहरी टोलीले देशका विभिन्न स्थानबाट लागूऔषधसहित

तत्काल सम्झौता भए इरानमाथिको हमला रोक्न ट्रम्प तयार

वासिङ्टन – अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले इरानसँग ‘द्रुत गतिमा’ कूटनीतिक

युवा टोलीमा अनुभव थप्ने चेल्सीको नयाँ रणनीति : ३५ वर्षका वेलबेक अनुबन्धित

लन्डन – इङ्लिस प्रिमियर लिग क्लब चेल्सीले ब्राइटनका भेट्रान स्ट्राइकर

बुटवल ‘अटोभिलेज’ पुराना सवारीको ‘डम्पिङ साइट’ बन्दै (तस्बिर)

बुटवल– गाडी मर्मतका लागि परिचित ठाउँ हो, बुटवलको ‘अटोभिलेज’ ।