टी-२० सिरिज : कीर्तिपुर मैदानमा आज नेपाल र नेदरल्यान्ड्सको फाइनल भिडन्त « Khabarhub

टी-२० सिरिज : कीर्तिपुर मैदानमा आज नेपाल र नेदरल्यान्ड्सको फाइनल भिडन्त


२२ फाल्गुन २०८०, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


3.2k
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ – घरेलु मैदानमा जारी त्रिकोणात्मक टी–२० सिरिजको फाइनलमा मंगलबार नेपालले नेदरल्यान्ड्ससँग प्रतिस्पर्धा गर्दैछ । फाइनल भिडन्त मंगलबार बिहान ११ः ३० बजे कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा सुरु हुनेछ ।

नेदरल्यान्ड्स ५ अंकसहित शीर्षस्थानमा रहँदै फाइनलमा पुगेको हो । त्यस्तै दोस्रो स्थानमा रहेको नेपाल चार अंक जोड्दै फाइनलमा पुगेको हो । नामिबियाले भने तीन अंक जोडेको छ ।

लिग चरणको आफ्नो पहिलो खेलमा नेपाल नामिबियासँग २० रन र दोस्रो खेलमा नेदरल्यान्ड्ससँग २ रनले पराजित भएको थियो । सुरुका दुई खेलमा पराजित भएको नेपाल अन्तिम चरणका दुई खेलमा जित निकाल्दै फाइनल पुगेको हो ।

नेपालले तेस्रो खेलमा नामिबियालाई ३ रन र नेदरल्यान्ड्सलाई ६ विकेटले पराजित गरेको थियो । पछिल्ला पाँच खेलमा नेपाल तीन स्पर्धामा विजयी हुँदा नेदरल्यान्ड्स दुई खेलमा विजयी भएको छ । नेपालले घरेलु मैदानमा च्याम्पियन बन्ने लक्ष्यका साथ खेल्नेछ । नेदरल्यान्ड्स नेपाललाई उसकै मैदानमा हराएर उपाधि उचाल्ने रणनीतिमा हुनेछ ।

प्रकाशित मिति : २२ फाल्गुन २०८०, मंगलबार  ५ : ५३ बजे

शान्ति स्थापनाका लागि १० हजारसम्म सुरक्षाकर्मी पठाउन तयार छौँ : मन्त्री खनाल

काठमाडौं – परराष्ट्रमन्त्री शिशिर खनालले संयुक्त राष्ट्रसङ्घीय शान्ति स्थापनाका अभियानमा

परराष्ट्रमन्त्री खनाल र फिनल्यान्डका विदेशमन्त्रीबीच भेटवार्ता

काठमाडौं – परराष्ट्रमन्त्री शिशिर खनाल र फिनल्यान्डका विदेशमन्त्री एलिना भाल्टोनेनबीच

कांग्रेस हेटौँडाको नगर सभापतिमा ७ मतले कोइराला निर्वाचित

काठमाडौँ । नेपाली कांग्रेस हेटौँडा उपमहानगर समितिको सभापति पदमा रामकृष्ण

एमाले केन्द्रीय कमिटी बैठक : अध्यक्ष ओलीको राजनीतिक प्रतिवेदन सर्वसम्मत पारित

काठमाडौं – नेकपा एमाले केन्द्रीय कमिटीको तेस्रो बैठकले अध्यक्ष केपी