भक्तपुरको कोरियामैत्री अस्पतालमा ब्लड बैंक स्थापना हुने « Khabarhub

भक्तपुरको कोरियामैत्री अस्पतालमा ब्लड बैंक स्थापना हुने


२२ फाल्गुन २०८०, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


783
Shares
  • change font
  • change font
  • change font

भक्तपुर– भक्तपुरको मध्यपुर थिमी नगरपालिका नगरपालिकाद्वारा सञ्चालित नेपाल कोरियामैत्री नगरपालिका अस्पतालमा ब्लड बैंक (रक्तसञ्चार केन्द्र)  स्थापना गरिने भएको छ ।

त्यसका लागि नगरपालिका अस्पताल प्रशासन र लायन्स क्लबबीच सम्झौता भएको छ । सम्झौतामा मध्यपुर थिमि नगरपालिकाका प्रमुख सुरेन्द्र श्रेष्ठ, लायन्स क्लबका प्रतिनिधि दीपक प्रजापति र अस्पतालको तर्फबाट डा. डि के रोशनले हस्ताक्षर गरे । अस्पताल मध्यपुर थिमी नगरपालिकाद्वारा सञ्चालित छ । 

मध्यपुर थिमी नगरपालिका र लायन्स क्लबको संयुक्त लगानीमा ब्लड बैंक स्थापना गर्ने सम्झौता भएको हो । यसका लागि एक लाख डलर आवश्यक पर्ने लागत इष्टमेट गरिएको छ । यो रकम लायन्स क्लबबाट ७५ प्रतिशत र नगरपालिकाबाट २५ प्रतिशत लगानी गर्ने जनाएको छ । ब्लड बैंकको भौतिक पूर्वाधार नगरपालिकाले तयार गर्नुका साथै आवश्यक कर्मचारी पनि नगरपालिकाले ब्यहोर्ने गरी सम्झौता भएको हो ।

त्रिभुवन विश्वविद्यालय र लायन्स क्लब अफ नेपालको सहकार्यमा स्थापना भएको रक्तसन्चार केन्द्रसङ्ग मध्यपुर थिमी नगरपालिकाले सहकार्य गर्ने गरी कार्यक्रमबीच नेपाल कोरिया मैत्री नगरपालिका अस्पतालमा सम्झौता भएको हो ।

 कार्यक्रममा मध्यपुर थिमी नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत रामबहादुर केसी, महाशाखा प्रमुख केशव सिलवाल, अस्पतालका प्रशासन प्रमुख सरिता श्रेष्ठ, प्रमुख प्रशासकीय अधिकृत रूपेश श्रेष्ठ लगायतको उपस्थिति रहेको थियो ।

ब्लड बैंकको स्थापनापछि मध्यपुर थिमी नगरपालिकामा रक्तसञ्चारमा धेरै सहज हुने विश्वास गरिएको छ । यसले रगतको लागि भौतारिनुपर्ने अवस्थाको अन्त हुने विश्वास नगरपालिकाको छ ।

प्रकाशित मिति : २२ फाल्गुन २०८०, मंगलबार  ९ : ५१ बजे

सीको वासिङ्टन आगमनमा ट्रम्पले विमानस्थलमै स्वागत गर्ने

वाशिङ्टन – चिनियाँ राष्ट्रपति सी जिनपिङ बुधबार वासिङ्टन आइपुग्दा अमेरिकी

युवा असन्तुष्टि र आप्रवासी सङ्कटबीच मोरक्कोमा संसदीय निर्वाचन

कासाब्लान्का – मोरक्कोका मतदाताले बुधबार नयाँ संसद् चयन गर्न मतदान

साउदी अरबको ९६औँ राष्ट्रिय दिवस मनाइयो

काठमाडौं – साउदी अरबको ९६औँ राष्ट्रिय दिवसका अवसरमा आज यहाँ

सोसयरले पायो सूचना सुरक्षा व्यवस्थापनसम्बन्धी आईएसओ प्रमाणीकरण

काठमाडौं – नेपाली प्रविधि कम्पनी सोसयरले सूचना सुरक्षा व्यवस्थापनसम्बन्धी अन्तर्राष्ट्रिय

प्रधानमन्त्री शाह न्यूयोर्कमा

न्यूयोर्क – प्रधानमन्त्री वालेन्द्र शाह संयुक्त राष्ट्रसङ्घको ८१ औँ महासभामा