हुण्डी कारोबारमा संलग्न पाँचजना पक्राउ | Khabarhub Khabarhub

हुण्डी कारोबारमा संलग्न पाँचजना पक्राउ


२२ फाल्गुन २०८०, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


4.6k
Shares
  • change font
  • change font
  • change font

बारा– बारा प्रहरीले हुण्डी कारोबारमा संलग्न रहेका पाँच जनालाई एक्काईस लाखसहित पक्राउ गरेको छ । प्रहरीले गत शुक्रबार र आइतबार गरि दुईपटकमा २१ लाखसहित हुण्डी कारोबारमा संलग्न रहेका पाँच जनालाई पक्राउ गरेको हो ।

प्रहरीले कलैया उपमहानगरपालिका ६ स्थित अस्पताल रोडबाट भारतबाट नेपालमा रकम ओसार पसार गर्ने क्रममा रंजित सर्राफले लुकाएर ल्याउँदै गरेको अवस्थामा गत शुक्रबार करिव पाँच लाख सहित पक्राउ गरेको थियो । 

 प्रहरीले भारत विहार राज्य मोतिहारी जिल्ला थाना हरपुर पञ्चायत हरपुर ग्राम नायक बस्ने २९ वर्षीय रंजित सरार्फ सहित कलैया उपमहानगरपालिका(४ स्थितमा मनि चेन्जर संचालकसमेत रहेका कलैया उपमहानगरपालिका ७ बस्ने ३१ वर्षीय कलामुदिन अंसारी र अर्का मनि चेन्जरका संचालक बारा महागढीमाई नगरपालिका १ घर भएका ३९ वर्षीय मेराजुल हक अंसारीलाई पक्राउ गरेको थियो ।

यस्तै प्रहरीले आइतबार पुनः विशेष सूचनाको आधारमा विश्रामपुर गाउँपालिका- १ स्थित छत्वा कलयाणपुर सुलिगेटबा भारतबाट नेपाल तर्फ आँउदै गरेको बिआरओसार ३५०९ नम्बरको भारतीय मोटरसाइकलमा सवार भारत राज्य बिहार मोतिहारी जिल्ला ग्राम स्मयपुर बस्ने ४२ वर्षीय कृष्ण लाल प्रसाद र सोही स्थानका ग्राम अरेरा बस्ने ४० वर्षीय रबि शंकर सिंहलाई पक्राउ गरेको थियो  । प्रहरीले उनीहरूबाट सोह्र लाख नौ हजार रूपैयासमेत बरामद गरेको बारा प्रहरी प्रमुख प्रहरी उपरीक्षक सुरेश काफ्लेले जानकारी दिए । 

पक्राउ परेकाहरूलाई अनुसन्धान गर्ने क्रममा उनीहरूबाट कुनै पनि बैंकको इजाजत नभएको पाइएपछि प्रहरीले हुण्डी कारोबार हुन सक्ने भन्दै अनुसन्धान गर्दा सुरु गर्‍यो ।

त्यसपछि प्रहरीले गरेको अनुसन्धानमा मलेसियामा रहेका नेपालीहरूले मासिक तलब त्यहाँबाट भारत हुँदै नेपाल भित्रिएको खुल्न आएको बारा प्रहरी प्रमुख प्रहरी उपरीक्षक काफ्ले जानकारी दिए । उनका अनुसार हुण्डी कारोबारबाट पक्राउ परेकाहरूले करैडोको कारोबार भएको समेत देखिएको समेत बताएको छ । 

पक्राउ परेकाहरूलाई बैंक तथा वित्तिय संस्था सम्बन्धिको कसूर मुद्दा दर्ता गरी बारा जिल्ला अदालतबाट सात दिनको म्याद थप गरी थप अनुसन्धान कार्य भई रहेको प्रहरीले जानकारी दिएको छ । 

प्रकाशित मिति : २२ फाल्गुन २०८०, मंगलबार  १२ : ५३ बजे

उन्नत जातका धानखेतीतर्फ आकर्षण किसान 

गलेश्वर– गुणस्तरभन्दा उत्पादनलाई प्राथमिकता दिँदै उन्नत जातको धानबालीतर्फ जिल्लाका किसान

बैतडी कारागारका कैदीबन्दीलाई स्थानान्तरण गरिँदै

बैतडी–  जिल्ला कारागारका सबै कैदीबन्दीलाई स्थानान्तरणको तयारी गरिएको छ ।

मुख्यमन्त्री नियुक्तिविरूद्ध कांग्रेससहित मधेशका सात दल सर्वोच्च जाने

जनकपुरधाम- मधेश प्रदेशमा नेकपा एमाले संसदीय दलका नेता सरोजकुमार यादवलाई

आगलागीमा जलेर एक जनाको मृत्यु

महोत्तरी– मनराशिसवा नगरपालिका-१० मरूवाही बस्ने बिकाउ पासवानको गोठमा आइतबार राति आगलागी हुँदा

इक्वेडरको जेलमा दङ्गा, ३१ कैदीको मृत्यु

एजेन्सी– इक्वेडरको दक्षिणपश्चिमी सहर मचालास्थित जेलमा आइतबार भएको हिंसात्मक दङ्गामा