नेप्सेमा उच्च अङ्कको गिरावट | Khabarhub Khabarhub

नेप्सेमा उच्च अङ्कको गिरावट


२२ फाल्गुन २०८०, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


2.5k
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- हिजो सोमबार सकारात्मक सर्किट लागेर कारोबार समय अगावै बन्द भएको नेपाल स्टक एक्सचेञ्ज (नेप्से) परिसूचकमा आज उच्च अङ्कको गिरावट देखिएको छ । नेप्से परिसूचक ७० दशमलव ३१ अङ्कले घटेर दुई हजार सात दशमलव ६९ को बिन्दुमा कायम भएको हो ।

सोमबार एकैदिन परिसूचक एक सय १७ दशमलव ७० अङ्क अर्थात् छ प्रतिशतले बढेको थियो । उच्च अङ्कको वृद्धिपछि आज लगानीकर्ता नाफा बुकमा लाग्दा बजार घटेको हो । आज तीन सय छ कम्पनीको एक करोड १४ लाख ६७ हजार पाँच सय ९९ कित्ता ६९ हजार दुई सय आठ पटक खरिदबिक्री हुँदा रू चार अर्ब ११ करोड ३६ लाख ७६ हजार नौ सय ५८ बराबरको कारोबार भएको छ ।

आजको कारोबारमा दुई सय १३ कम्पनीको शेयर मूल्य घट्दा ३३ कम्पनीको मात्रै बढेको छ । नेप्से परिसूचकसँगै सेन्सेटिभ इन्डेक्स तीन दशमलव २४ र फ्लोट इन्डेक्स तीन दशमलव ३७ प्रतिशतले घटेको छ । म्युचुअल फन्ड शून्य दशमलव ६६ प्रतिशतले बढ्दा अरु सबै समूहको उपसूचक घटेको छ । सबैभन्दा धेरै अन्य समूहको उपसूचक चार दशमलव ३५ प्रतिशतले घटेको छ । त्यस्तै, जलविद्युत् समूह चार दशमलव ३० र उत्पादन तथा प्रशोधन चार दशमलव २० ले घटेको छ ।

प्रकाशित मिति : २२ फाल्गुन २०८०, मंगलबार  ३ : ४९ बजे

म्यानचेस्टर सिटी र रियल मड्रिड नकआउट प्लेअफमै भिड्ने

काठमाडौं- युरोपेली च्याम्पिन्स लिग फुटलबको ड्र शुक्रबार सार्वजनिक भउको छ

राष्ट्रिय एकतालाई मजबुत बनाउन राष्ट्रिय सेवा दल तालिम सहयोगसिद्ध’

काठमाडौं– रक्षामन्त्री मानवीर राईले मुलुकको भौगोलिक अखण्डता र सार्वभौमसत्तालाई जगेर्ना

‘एक्टर’ विवाद : निर्माता, निर्देशक समाज र विकास बोर्डमाथि खनिए निश्चल

काठमाडौं- विवाद र कानुनी झमेलापछि प्रदर्शनमा आएको चलचित्र ‘एक्टर टेक

सीजी मोटर्सद्वारा वीरगन्जमा आधिकारिक ब्रान्ड लञ्च 

वीरगन्ज– सीजी मोटर्सले मधेश प्रदेशलाई केन्द्रित गर्दै वीरगन्जमा अत्याधुनिक ब्रान्डको विविध

नियमनका नाममा सामाजिक सञ्जाल नियन्त्रण कांग्रेसले स्वीकार्दैन : विश्वप्रकाश शर्मा

काठमाडौं- नेपाली कांग्रेसका महामन्त्री विश्वप्रकाश शर्माले सामाजिक सञ्जाललाई नियमनको नाममा