देउवाले माधवलाई भने- प्रधानमन्त्री मान्न तयार छु, रास्वपासहित मिलेर जाउ « Khabarhub

देउवाले माधवलाई भने- प्रधानमन्त्री मान्न तयार छु, रास्वपासहित मिलेर जाउ


२३ फाल्गुन २०८०, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


13.4k
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले नेकपा (एकीकृत समाजवादी)का अध्यक्ष माधवकुमार नेपाललाई सँगै मिलेर जान आग्रह गरेका छन् ।

सभापति देउवाले नेपाललाई प्रधानमन्त्री मान्न तयार भएको बताएका छन् ।

रमेश लेखकसँग माधव नेपाल निवास पुगेका देउवाले प्रचण्डले धोका दिएको भएर मिलेर जान अनुरोध गरेका हुन् ।

देउवा स्रोतका अनुसार रास्वपालाई पनि मिलाएर जान देउवाले माधवलाई भनेका हुन् ।

देउवाले भनेका छन्, ‘मंसिर ४ भन्दा अगाडिबाट हामीसँगै थियौँ । प्रचण्डले बारम्बार धोका दिए अब मिलेर जाउ ।’  जवाफमा नेपालले अहिले पार्टी सचिवालय बैठक राखेर के गर्ने नगर्ने छलफल गर्ने बताएको स्रोतको भनाइ छ ।

कांग्रेस, नेकपा एकीकृत समाजवादी,रास्वपा र साना दल मिले अंकगाणित पनि पुग्ने आंकलन गरेर देउवाले यस्तो भनेको नेपाल स्रोतको भनाइ छ ।

डेढ घण्टाबाट नेपाल, देउवा र लेखक बसेर कुराकानी गरिरहेका छन् ।

यसैबीच कांग्रेसका ८८, रास्वापाका २१, र नेकपा एकीकृत समाजवादीका १० संसद् छन् ।

यस्तै मंगलबार नेपाललाई राप्रपा अध्यक्ष राजेन्द्र लिङदेनले पनि भेटेका थिए । उनको पार्टीबाट १४ जना सांसद प्रतिनिधि सभामा छन् ।

 

प्रकाशित मिति : २३ फाल्गुन २०८०, बुधबार  १० : ५९ बजे

गाईभैँसीमा थुनेलो रोग

पर्वत– भेटेरिनरी अस्पताल तथा पशु सेवा कार्यालयले किसानको गोठमै पुगेर

बारम्बार बिरामी भइरहनुहुन्छ ? हुन सक्छ इम्युन प्रणालीको समस्या

के तपाईंलाई बारम्बार ज्वरो आउने वा एलर्जी हुनेजस्ता लक्षण देखिएका

विद्यार्थीसँग एमाले अध्यक्ष ओली

दमक– नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले आज झापाको दमकमा

जनकपुरधाम महोत्सव : मैथिली सांस्कृतिक पुनर्जागरणको उत्सव

काठमाडौं–  ‘जनकपुरधाम केवल एउटा सहर होइन, यो आफैँमा जीवित सङ्ग्रहालय

पुराना प्रतिबद्धताको हिसाब माग्दै सिरहाका मतदाता

सिरहा– आगामी प्रतिनिधिसभाको निर्वाचन नजिकिँदै जाँदा सिरहाका गाउँबस्तीमा चुनावी रौनक