देउवाले माधवलाई भने- प्रधानमन्त्री मान्न तयार छु, रास्वपासहित मिलेर जाउ | Khabarhub Khabarhub

देउवाले माधवलाई भने- प्रधानमन्त्री मान्न तयार छु, रास्वपासहित मिलेर जाउ


२३ फाल्गुन २०८०, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


13.4k
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले नेकपा (एकीकृत समाजवादी)का अध्यक्ष माधवकुमार नेपाललाई सँगै मिलेर जान आग्रह गरेका छन् ।

सभापति देउवाले नेपाललाई प्रधानमन्त्री मान्न तयार भएको बताएका छन् ।

रमेश लेखकसँग माधव नेपाल निवास पुगेका देउवाले प्रचण्डले धोका दिएको भएर मिलेर जान अनुरोध गरेका हुन् ।

देउवा स्रोतका अनुसार रास्वपालाई पनि मिलाएर जान देउवाले माधवलाई भनेका हुन् ।

देउवाले भनेका छन्, ‘मंसिर ४ भन्दा अगाडिबाट हामीसँगै थियौँ । प्रचण्डले बारम्बार धोका दिए अब मिलेर जाउ ।’  जवाफमा नेपालले अहिले पार्टी सचिवालय बैठक राखेर के गर्ने नगर्ने छलफल गर्ने बताएको स्रोतको भनाइ छ ।

कांग्रेस, नेकपा एकीकृत समाजवादी,रास्वपा र साना दल मिले अंकगाणित पनि पुग्ने आंकलन गरेर देउवाले यस्तो भनेको नेपाल स्रोतको भनाइ छ ।

डेढ घण्टाबाट नेपाल, देउवा र लेखक बसेर कुराकानी गरिरहेका छन् ।

यसैबीच कांग्रेसका ८८, रास्वापाका २१, र नेकपा एकीकृत समाजवादीका १० संसद् छन् ।

यस्तै मंगलबार नेपाललाई राप्रपा अध्यक्ष राजेन्द्र लिङदेनले पनि भेटेका थिए । उनको पार्टीबाट १४ जना सांसद प्रतिनिधि सभामा छन् ।

 

प्रकाशित मिति : २३ फाल्गुन २०८०, बुधबार  १० : ५९ बजे

छायाँनाथ राराले ल्यायो ६० करोडको बजेट

छायाँनाथ– मुगुको छायाँनाथ रारा नगरपालिकाले आगामी आर्थिक वर्ष २०८१-०८२ को

नदीको सतह बढ्दै, सतर्कता अपनाउन आग्रह

काठमाडौं– आज कोशी, मधेस, बागमती र गण्डकी प्रदेशका एक-दुई स्थानमा

ढल्केबर–इनरुवा ४०० केभी प्रसारण लाइन सञ्चालनमा 

काठमाडौं– देशभित्रको विद्युत् प्रसारण प्रणाली सुदृढीकरण तथा विश्वसनीय बनाउन र

गिरिजाको जन्मजयन्तीका अवसरमा फोटो प्रदर्शनी गर्दै कांग्रेस

काठमाडौं– नेपाली कांग्रेसले पूर्व सभापति एवं पूर्व प्रधानमन्त्री गिरिजाप्रसाद कोइरालाको

निजामती सेवालाई प्रभावकारी बनाउन जरुरी : मन्त्री बस्नेत

काठमाडौं– ऊर्जा जलस्रोत तथा सिँचाइमन्त्री शक्तिबहादुर बस्नेतले निजामती सेवालाई थप