बालुवाटारमा गठबन्धनको गृहकार्य जारी, एकीकृत समाजवादीको निर्णय कुर्दै « Khabarhub

बालुवाटारमा गठबन्धनको गृहकार्य जारी, एकीकृत समाजवादीको निर्णय कुर्दै


२३ फाल्गुन २०८०, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


4.4k
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– चर दलले ११ बजेबाट बालुवाटारमा बसेर सत्ता समिकरणको गृहकार्य अगाडि बढाएका छन् । हाल चार दलका नेता तथा शीर्ष नेताहरुस्को अउनेजाने क्रम जारी रहेको प्रधानमन्त्रीको सचिवालयको भनाइ छ  । 

अहिले जसपा नेता उपेन्द्र यादव प्रधानमन्त्री तथा एमालेका नेताहरू अनौपचारिक छलफलमा बसिरहेका छन् । यस्तै रास्वपाका नेताहरू पनि बालुवाटार  गएको उपसभापति डिपी अर्यालको भनाइ छ । 

चार दलले नेकपा एकीकृत समाजवादीको निर्णय पर्खिरहेको समेत बुझिएको छ । हाल समाजवादीको बैठक आलोकनगरमा बसिरहेको छ । 

मंगलबार साँझ प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड, तथा एमाले अध्यक्ष ओली, उपाध्यक्ष विष्णु पौडेल र महासचिव शंखर पोखरेलले कोटेश्वर पुगेर माधव नेपाललाई भेटेका थिए । 

आज बिहान कांग्रेस सभापति शेरबहादुर देउवाले पनि नेपाललाई भेटेका थिए । यस्तै मंगलबार नै राप्रपा अध्यक्ष लिङ्देनले पनि नेपाललाई भेटेका थिए । बुधवार बिहान बालुवाटार पुगेर झलनाथ खनालले प्रचण्डलाई भेटेर वाम एकतासहितको सर्त लिएर सरकारमा जाने संकेत दिएका थिए । 

तर पार्टीले भने सरकारमा जाने या नजाने निर्णय नदिएकाले नयाँ गठबन्धनलाई भागबन्डामा पनि समस्या देखिएको बुझिएको छ ।

प्रकाशित मिति : २३ फाल्गुन २०८०, बुधबार  १२ : २२ बजे

स्कुटरको ठक्करबाट पैदलयात्रीको मृत्यु

उदयपुर– उदयपुरको त्रियुगा नगरपालिका–११ स्थित सङ्गम टोलमा सवारी साधन (स्कुटर)को

तनहुँमा तरकारी र धान खेतीको क्षेत्रफल विस्तार

तनहुँ– तनहुँमा व्यावसायिक तरकारी तथा धान खेतीको क्षेत्रफल विस्तार हुँदै

बागमती नदी सफाइ अभियान जारी

काठमाडौँ– ‘राष्ट्रका लागि हप्ताको दुई घण्टा स्वयंसेवा’ भन्ने नाराका साथ

आज देशभरको मौसम कस्तो रहला ?

काठमाडौँ– जल तथा मौसम विज्ञान विभाग मौसम पूर्वानुमान महाशाखाले हाल

यस वर्षको बडादसैँ आज सकिँदै, धनधान्यकी देवी महालक्ष्मीको पूजा आराधना गरिँदै

काठमाडौँ– नेपालीले भव्यरुपमा मनाउने दुर्गा पक्ष अर्थात् बडादशैँ पर्व आजदेखि