कीर्तिपुर–१ का वडाध्यक्ष हिरालाल महर्जनको निधन « Khabarhub

कीर्तिपुर–१ का वडाध्यक्ष हिरालाल महर्जनको निधन


२४ फाल्गुन २०८०, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


1.8k
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– कीर्तिपुर नगरपालिका– १ का वडाध्यक्ष हिरालाल महर्जनको निधन भएको छ । कीर्तिपुर नगरपालिकाका प्रमुख राजकुमार नकर्मीले वडाध्यक्ष महर्जनको निधन भएको पुष्टि गरे ।

क्यान्सर रोगबाट पीडित महर्जनको बुधबार कीर्तिपुर–१ बाघभैरवस्थित आफ्नै निवासमा निधन भएको हो । महर्जनलाई हिजो नै अस्पतालबाट घर लगिएको थियो ।

६० वर्षीय महर्जन २०७९ को स्थानीय तह निर्वाचनमा नेपाली काँग्रेसका तर्फबाट कीर्तिपुर– १ को अध्यक्षमा निर्वाचित भएका थिए । वडाध्यक्ष महर्जनको निधनपछि कीर्तिपुरका २ वटा वडा अध्यक्ष विहिन भएका छन् ।

गत बैशाख १ गते मोटरसाइकल दुर्घटनामा परी गम्भीर घाइते भइ उपचाररत कीर्तिपुर नगरपालिका४ का वडाध्यक्ष श्यामराजा अधिकारीको बैशाख १० गते निधन भएको भएको थियो ।

प्रकाशित मिति : २४ फाल्गुन २०८०, बिहीबार  १० : ०६ बजे

महाराजगञ्ज वितरण केन्द्र मातहतका स्थानमा आज बिजुली कटौती हुने

काठमाडौं– नेपाल विद्युत प्राधिकरणले आज काठमाडौंका विभिन्न स्थानमा बिजुली कटौती

निर्वाचन सामग्री आपूर्तिका लागि आयोगमा १३ सेवाप्रदायक संस्था सूचीकृत

काठमाडौं– निर्वाचन आयोगले हिमाली तथा उच्च हिमाली क्षेत्रमा मतपत्रलगायतका सामग्री

कांग्रेस देउवा पक्षको केन्द्रीय कार्यसमिति बैठक बस्दै

काठमाडौं– नेपाली कांग्रेसको शेरबहादुर देउवा पक्षको केन्द्रीय कार्यसमिति बैठक आज

कालीकोटमा जीप दुर्घटना हुँदा तीन जनाको मृत्यु

कालीकोट– कालीकोटको शुभकालिका गाउँपालिका–४ सल्लेरीमा जीप दुर्घटना हुँदा तीन जनाको