अनलाइन बैङ्किङ प्रयोग गर्दा ध्यान दिनु पर्ने कुराहरू   « Khabarhub

अनलाइन बैङ्किङ प्रयोग गर्दा ध्यान दिनु पर्ने कुराहरू  


२४ फाल्गुन २०८०, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


9.7k
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– पछिल्लो समय अनलाइन बैङ्किङको प्रयोग दिन प्रतिदिन बढिरहेको छ । बैङ्क तथा वित्तीय संस्थाहरूले बढी सुरक्षित हुने भन्दै प्रयोगकर्तालाई डिजिटल प्लेटफर्म मार्फत नै कारोबार गर्न प्रोत्साहन गरिरहेका छन् ।

छिटो र सजिलो माध्यम बनिरहेको अनलाइन बैङ्किङ खाना खाँदादेखि सपिङ गर्दा वा घुम्न जाँदासम्म पनि प्रयोग हुने गर्छ । क्यास पैसा पछिल्लाे समय बाेक्ने चलन नै हराउन लाग्याे भन्दा पनि फरक नपर्ला । तर, कतिपय अवस्थामा अनलाइनबाट कारोबार गरिरहँदा धेरै कुराहरूमा सजग हुनुपर्छ । अन्यथा धेरै अकाउन्टहरू ह्याक भएर पैसा हरायो भन्ने गरेका समाचारहरू पनि दैनिक रूपमा बढिरहेका छन् ।

 अनलाइन बैङ्किङ प्रयोग गर्दा ध्यान दिनु पर्ने कुराहरू  

– अनलाइन बैङ्किङको प्रयोग गर्नुअगाडि बैङ्कको अनलाइन बैंकिङसम्बन्धी नियम प्रक्रियाबारे सम्बन्धित बैंकसँग वा जानेको व्यक्तिहरूसँग पूर्ण जानकारी लिने ।

– अनलाइन बैङ्किङ सेवा प्रयोग गर्दा सम्बन्धित बैङ्कको आधिकारिक वेबसाइट तथा आधिकारिक मोबाइल एप पहिचान गरेर मात्र प्रयोग गर्ने ।

– आफ्नो बैङ्क स्टेटमेन्ट नियमित चेक गर्ने ।

– आफ्नो बैङ्क खाता नम्बर, पासवर्ड, पिन कोड तथा ओटीपीजस्ता कुराहरू अरूलाई सेयर नगर्ने ।

– अनलाइन बैङ्किङको लागि बलियो पासवर्डको प्रयोग गर्ने र समय समयमा आफ्नो पासवर्ड परिवर्तन गरी रहने ।

– आफ्नो बैङ्क खातामा कुनै शङ्कास्पद गतिविधि देखिए तुरुन्त बैङ्कमा सम्पर्क गर्ने ।

प्रकाशित मिति : २४ फाल्गुन २०८०, बिहीबार  १२ : ३१ बजे

एक लाख धनराशिको खुल्ला पुरुष भलिबल प्रतियोगिता मार्बुमा सुरु ,१३ टिमबीच प्रतिस्पर्धा 

दोलखा– दोलखाको बैतेश्वर गाउँपालिका–७ मार्बुमा एक लाख रुपैयाँ धनराशि पुरस्कार

चाहेकै स्थानमा टेलिकमको सिमकार्ड, अनलाइन फारम भरेपछि हुलाकले घरघरमै पुर्‍याइदिने

काठमाडौँ– सरकारी सेवालाई डिजिटल र नागरिकमैत्री बनाउने उद्देश्य राखेको सरकारले

कोलम्बियाले जेरुसेलममा खोल्यो इजरायलका लागि दूतावास

एजेन्सी– कोलम्बियाले बुधबार जेरुसेलममा इजरायलका लागि आफ्नो दूतावास औपचारिक रूपमा

रास्वपाका महिला सांसदको नाममा आएको विज्ञप्ति ‘फेक’ 

काठमाडौं– राष्ट्रिय स्वतन्त्र पार्टीकी सांसद समीक्षा बाँस्कोटाले रास्वपाका महिला सांसदहरूको नाममा सार्वजनिक