एनसेलको लाभकरसम्बन्धी अर्को मुद्दाको फैसला सुनाउने मिति सर्‍यो « Khabarhub

एनसेलको लाभकरसम्बन्धी अर्को मुद्दाको फैसला सुनाउने मिति सर्‍यो


२१ श्रावण २०७६, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– सर्वोच्च अदालतले दूरसञ्चार सेवा प्रदायक कम्पनी एनसेल प्रालिको लाभकर विवादसम्बन्धी प्रकरणको अर्को मुद्दाको फैसला सुनाउने मिति सारेको छ ।

रिटको क्षेत्राधिकारअन्तर्गत दर्ता भएको रिटमा मंगलबार निर्णय सुनाउने मिति तोकिएकोमा पुनः सारिएको हो ।

यसअघि प्रधानन्यायाधीश चोलेन्द्र शम्शेर राणा नेतृत्वको बृहद पूर्ण इजलाशले टुंग्याइसकेको लाभकर सम्बन्धी विवादका सम्बन्धमा रिटको क्षेत्राधिकार प्रयोग गर्दै एनसेलले अर्को रिट दायर गरेको थियो ।

यसअघि सर्वोच्च अदालतले गरेको फैसलाअनुसार ठूला करदाता कार्यालयले तोकेको लाभकर छुट हुनुपर्ने दावी एनसेल प्रालिका तर्फबाट रमेश घिमिरेले गत वैशाख २५ गते सर्वोच्चमा रिद दायर गरेका थिए ।

एनसेलले दायर गरेको रिटमाथि सर्वोच्च अदालतका न्यायाधीशहरु तेजबहादुर केसी, पुरुषोत्तम भण्डारी, डम्बरबहादुर शाही, पुष्पलता माथेमा र डा मनोजकुमार शर्माको वृहत पूर्ण इजलाशमा सुनुवाई भइरहेको छ ।

न्यायाधीश केसी नेतृत्वको असार २२ गतेको वृहत पूर्ण इजलाशले मंगलबारका लागि निर्णय सुनाउने मिति (निसु) तोकेको थियो ।

प्रकाशित मिति : २१ श्रावण २०७६, मंगलबार  ५ : २७ बजे

बिपीको विचार र १५औँ महाधिवेशन : कांग्रेस नेतृत्वको फेरबदलमाथि जगत नेपालको विश्लेषण

काठमाडौँ – आइतबारदेखि नेपाली कांग्रेसको १५ औँ महाधिवेशन सुरु भएको

यूईएफए नेसन्स लिग : बेल्जियममाथि फ्रान्सको सानदार जित

काठमाडौँ– यूईएफए नेसन्स लिगमा बेल्जियममाथि फ्रान्सले सानदर जित निकालेको छ

कांग्रेस महाधिवेशन : आज उम्मेदवारको मनोनयन दर्ता

काठमाडौँ– काठमाडौँको खुलामञ्चमा जारी नेपाली कांग्रेसको १५औँ महाधिवेशन अन्तर्गत आज

बाढीपहिरोका कारण सडक पूर्वाधारमा क्षति

बागलुङ– बागलुङमा बाढी, पहिरोका कारण ठूलो जनधनको क्षति भएको छ

मंगलबारका लागि विदेशी मुद्राको विनिमयदर यस्तो छ

काठमाडौँ– नेपाल राष्ट्र बैंकले आजका लागि विदेशी मुद्राको विनिमयदर निर्धारण