रुसी सेनासँगै लड्ने एक नागरिकको मृत्यु भएको भारतको पुष्टि | Khabarhub Khabarhub

रुसी सेनासँगै लड्ने एक नागरिकको मृत्यु भएको भारतको पुष्टि


२४ फाल्गुन २०८०, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


4.5k
Shares
  • change font
  • change font
  • change font

नयाँदिल्ली– एक नातेदारले युक्रेनमा लड्न पठाइएको बताएको केही दिनपछि रुसी सेनाले भर्ती गरेको एक नागरिकको मृत्यु भएको मस्कोस्थित भारतीय दूतावासले बताएको छ । रुसको आक्रमण सुरु भएको दुई वर्षपछि युक्रेनमा उसका हजारौँ सैनिक मारिएका छन् र मस्को थप लडाकूहरूको वैश्विक खोजीमा छ । 

नयाँदिल्लीमा विदेश मन्त्रालयले गत महिना रुसी सेनामा ‘फँसेका’ करिब २० भारतीय नागरिकको सुरक्षित रिहाइका लागि काम गरिरहेको बताएको थियो । दूतावासले मोहम्मद अफसानको मृत्युपछाडिको परिस्थितिबारे खुलाएन तर उनको परिवार र रुसी अधिकारीहरूको सम्पर्कमा रहेको बताएको छ । ‘मिसनले उनको पार्थिव शरीर भारत पठाउन प्रयास गर्नेछ’, दूतावासले सामाजिक सञ्जाल एक्समा लेखेको छ । 

अफसानका भाइ मोहम्मद इमरानले फेब्रुअरीमा आफ्नो भाइ करिब दुई महिनादेखि बेपत्ता भएको बताएका थिए । अफसानले अन्तिमपटक दक्षिणी रुसी सहर रोस्तोभ–अन–डनबाट फोन गरेर उनलाई अग्रिम मोर्चाका लागि तैनाथ गरिएको बताएको इमरानले बताएका थिए ।

भाग्न सफल अर्का एक भारतीय सैनिकले आफ्नो परिवारलाई ३० वर्षीय अफसान गोली लागेर घाइते भएको बताएको इमरानले बताए । 

अफसान रुसी सेनामा कार्यरत आफ्ना नागरिकमध्ये भारतीय अधिकारीहरूले पुष्टि गरेको पहिलो मृत्यु हो र समग्रमा यो दोस्रो मृत्यु हो । गुजरात राज्यका २३ वर्षीय एक व्यक्ति ‘सुरक्षा सहायक’ का रूपमा काम गर्दा युक्रेनी हवाई आक्रमणमा मारिएको स्थानीय सञ्चारमाध्यमले आफन्त र अर्का भारतीय सैनिकलाई उद्धृत गर्दै गत महिना बताएको थियो । 

सेनामा भर्ती भएका केही भारतीयले गत महिना अग्रिम मोर्चामा पठाइनुअघि उनीहरूलाई उच्च तलब र रुसी राहदानी दिने वाचा गरेर सेनामा सामेल हुन प्रलोभन दिइएको बताएका थिए । आफूहरूलाई गैर-लडाकू भूमिका दिने वचन दिइएको तर युक्रेन पठाउनुअघि कलाश्निकोभ एसल्ट राइफल र अन्य हतियारको प्रयोग गर्नका लागि प्रशिक्षित गरिएको उनीहरूले बताएका थिए । 

प्रकाशित मिति : २४ फाल्गुन २०८०, बिहीबार  ४ : २६ बजे

डडेल्धुरामा जिप दुर्घटना, चार जनाको घटनास्थलमै मृत्यु

अमरगढी– यहाँको नवदुर्गा गाउँपालिका–५ मा आज बिहान से १ ज

जनार्दनलाई स्वार्थ समूहको संज्ञा दिँदै प्रचण्डले भने- उनले नपत्याउँदैमा फरक पर्दैन, पदाधिकारी बैठकमा समीक्षा हुन्छ

विराटनगर- प्रमुख प्रतिपक्षी नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले

ट्रम्पको ‘ट्यारिफ’ले खोस्यो भारतीय हिराको चमक

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले भारतबाट आयात हुने सामानमा ५० प्रतिशतसम्म

अनियन्त्रित मनलाई नियन्त्रित गर्न सत्संग गरौँ : उपप्रधानमन्त्री सिंह

काठमाडौं– उपप्रधानमन्त्री एवम् शहरी विकास मन्त्री प्रकाशमान सिंहले अनियन्त्रित मनहरूलाई

अमेरिकी चर्चमा बन्दुकधारीले आक्रमण गर्दा दुई बालबालिकाको मृत्य, १७ जना घाइते

वाशिङ्टन- अमेरिकाको मिनियापोलिस राज्यको एक चर्चमा सेवा गरिरहेका विद्यालय जाने