उपराष्ट्रपति यादव र अमेरिकी राजदूत थम्प्सनबीच शिष्टाचार भेट | Khabarhub Khabarhub

उपराष्ट्रपति यादव र अमेरिकी राजदूत थम्प्सनबीच शिष्टाचार भेट


२४ फाल्गुन २०८०, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


774
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– उपराष्ट्रपति रामसहायप्रसाद यादवसँग नेपालका लागि संयुक्त राज्य अमेरिकाका राजदूत डीन आर थम्प्सनले शिष्टाचार भेट गरेका छन् । 

लैनचौरस्थित उपराष्ट्रपतिको कार्यालयमा आज भएको भेटमा उनीहरुबीच शुभकामना आदानप्रदानपश्चात् दुई मुलुकबीचको सम्बन्ध, विकास सहायता, व्यापार र साझा चासोलगायत विषयमा छलफल भयो। 

उपराष्ट्रपति यादवले सन् १९४७ मा नेपाल र अमेरिकाबीच कूटनीतिक सम्बन्ध स्थापना भएयता सुमधुर सम्बन्ध रही आएको बताए। ‘हाम्रो सम्बन्ध पारस्परिक सम्मान र सहयोगमा आधारित छ’, उनले भने, ‘लोकतन्त्र, मानवअधिकार, स्वतन्त्रता हामी दुई मुलुकका साझा मूल्यमान्यता हुन् ।’

उपराष्ट्रपति यादवले नेपालको आर्थिक–सामाजिक विकास तथा लोकतन्त्रको सुदृढीकरणमा अमेरिकाले गरेको सहयोगका लागि राजदूतमार्फत अमेरिकी सरकारलाई धन्यवाद व्यक्त गरे ‘अमेरिकाबाट प्राप्त विकास सहायताले स्वास्थ्य, शिक्षा, यातायात, सञ्चार, कृषि र वातावरणलगायत विभिन्न क्षेत्रमा योगदान पुर्‍याएको छ’, उनले भने, ‘अन्तर्राष्ट्रिय मञ्चहरुमा पनि अमेरिका र नेपालले मानवकल्याणसँग सम्बन्ध राख्ने साझा चासोका विषयमा सहकार्य गर्दै आएकामा खुसी लागेको छ ।’

भेटमा नेपालका लागि संयुक्त राज्य अमेरिकाका राजदूत डीन आर थम्प्सनले अमेरिकाले नेपालसँग बलियो सम्बन्ध बनाउन चाहेको बताए। उनले संयुक्त राष्ट्रसङ्घको चार्टरलाई नेपालले समर्थन गर्नु सकारात्मक रहेको उल्लेख गर्दै नेपालमा एमसिसी परियोजना राम्रोसँग सञ्चालन भइरहेकामा खुसी व्यक्त गरे । 

“नेपाल एउटा शान्तिप्रिय देश हो । नेपालले रक्षाका क्षेत्रमा संयुक्त राष्ट्रसङ्घ शान्ति मिसनमा सयौँ देशमा राम्रो नेतृत्व गरेकामा सराहना गर्न चाहन्छु”, उनले भने। 

प्रकाशित मिति : २४ फाल्गुन २०८०, बिहीबार  ५ : ०६ बजे

घरजग्गा कारोबारको शिथिलता सरकारले हटाउँछ : उपप्रधानमन्त्री

काठमाडौं- शहरी विकासमन्त्री प्रकाशमान सिंहले घरजग्गा कारोबारमा देखिएको शिथिलतालाई हटाउने

साताको कार्टुन : दम्भको उडानतिर ओली !

काठमाडौं – गत असार ३० गते प्रधानमन्त्री बनेयता नेकपा एमालेका

नौ स्थानीय तहमा आधारभूत अस्पताल निर्माण

काठमाडौं – सरकारले तीन वर्षअघि मुलुकका प्रत्येक स्थानीय तहमा आधारभूत

दीपकराज गिरीको चाहना : रविलाई चाँडै बाहिर देख्न पाइयोस्

काठमाडौं- कलकार तथा निर्देशक दीपकराज गिरीले सहकारी ठगी प्रकरणमा कात्तिक

मन्त्रालयका तीनवटै स्तम्भलाई नीतिगत रुपान्तरणमा लागेका छौँ : मन्त्री पाण्डे

चितवन – संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री बद्रीप्रसाद पाण्डेले पर्यटनसम्बन्धी