नारी दिवसको अवसरमा महिला खेलाडी सम्मानित  « Khabarhub

नारी दिवसको अवसरमा महिला खेलाडी सम्मानित 


२५ फाल्गुन २०८०, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


2.5k
Shares
  • change font
  • change font
  • change font

रामपुर– शुक्रबार एक सय १४औँ अन्तर्राष्ट्रिय नारी दिवस विश्वभर मनाइँदै छ । दिवसका अवसरमा विभिन्न सङ्घसंस्था एवं निकायले महिलाका हकहितका साथै सचेतनामूलक विविध कार्यक्रम आयोजना गरिरहेका छन् ।

यस वर्ष पाल्पाको रामपुर नगरपालिकाले महिला भलिबल खेलाडीलाई सम्मान गरेको छ । खेल क्षेत्रमा हौसला बढाउन लुम्बिनी प्रदेशको महिला भलिबल समूहलाई नगदसहित सम्मान गरिएको नगरपालिका कार्यालयले जनाएको छ ।

नगरप्रमुख रमणबहादुर थापाले रामपुरमा खेलका लागि विभिन्न पूर्वाधार निर्माणमा जोड दिइएको बताए। उनले नारी दिवसका अवसरमा महिला खेलाडीलाई सम्मान गरिएको भन्दै यसले खेलप्रति महिलालाई आकर्षित गर्न मद्दत पुग्ने विश्वास व्यक्त गरे ।

नगरप्रमुख थापाले नगरभित्र दुई वटा कवर्डहल निर्माण भइरहेको भन्दै आगामी वर्ष भलिबल स्टेडियम निर्माणका लागि एक करोड रुपैयाँ विनियोजन गर्ने प्रतिबद्धता जनाए ।

क्षेत्रीय स्तरको रङ्गशाला निर्माणका लागि विस्तृत परियोजना प्रतिवेदन (डिपिआर) तयार गरिए पनि बजेट धेरै लाग्ने हुँदा स्थानीय तहले मात्र सम्भव नभएको उनले बताए ।

पछिल्लो समय खेलमा महिलाको आकर्षण बढ्दै गएको हुँदा प्रोत्साहन गर्दै यस वर्ष अन्तर्राष्ट्रिय महिला दिवसमा भलिबल खेलाडीलाई सम्मान गरिएको नगर उपप्रमुख बालकुमारी थापाले बताए ।

रामपुरमा हालै सम्पन्न प्रथम लुम्बिनी कप राष्ट्रिय महिला भलिबल प्रतियोगितामा तृतीय स्थान हासिल गर्न सफल टिमलाई प्रोत्साहनका लागि सम्मान गरिएको हो ।

उक्त प्रतियोगितामा एपिएफ पहिलो, बागमती दोस्रो र लुम्बिनी तेस्रो भएको थियो । तेस्रोका लागि भएको खेलमा कोशी प्रदेशलाई सोझो सेटमा हराएर लुम्बिनीले जित हासिल गरेको थियो ।

लुम्बिनीकी मीना सुनार खेलको ‘प्लेयर अफ द म्याच’ घोषित भइन् । नगरपालिकाले अघिल्ला वर्षमा ज्येष्ठ नागरिक, श्रमिक, कृषि, उद्यमी, पशुपालन, विभिन्न पेसा, व्यवसायमा आबद्ध महिला, महिला सञ्चारकर्मीलगायतलाई सम्मान गरिसकेको छ । आज विश्वभर ‘महिलामा लगानी: सभ्य र समुन्नत समाजको थालनी’ भन्ने नाराका साथ अन्तर्राष्ट्रिय नारी दिवस मनाइँदै छ ।

प्रकाशित मिति : २५ फाल्गुन २०८०, शुक्रबार  ३ : ४२ बजे

राष्ट्र निर्माणमा एकजुट हुन कांग्रेस सभापति थापाको आह्वान

काठमाडौं– नेपाली कांग्रेसका सभापति गगन कुमार थापाले २०४६ सालको जनआन्दोलन

टुँडिखेलमा प्रजातन्त्र दिवस (फोटो फिचर)

काठमाडौं – राष्ट्रपति रामचन्द्र पौडेलको उपस्थितिमा प्रजातन्त्र दिवस टुँडिखेलमा भव्य

एमालेले आज चुनावी घोषणापत्र सार्वजनिक गर्दै

काठमाडौं– नेकपा एमालेले आज चुनावी घोषणापत्र सार्वजनिक गर्दैछ । यही

सर्लाहीमा मोटरसाइकल दुर्घटना हुँदा दुई जनाको मृत्यु

काठमाडौं – बुधबार राति सर्लाहीको ईश्वरपुरमा भएको दुर्घटनामा दुई जनाको

राष्ट्र निर्माणका निम्ति एकजुट बन्न प्रधानमन्त्रीको आग्रह

काठमाडौं– प्रधानमन्त्री सुशीला कार्कीले ७६औँ प्रजातन्त्र दिवसका अवसरमा सम्पूर्ण नेपाली