मोटरसाइकलसहित एक जनाको शव पुलमुनि फेला « Khabarhub

मोटरसाइकलसहित एक जनाको शव पुलमुनि फेला


२६ फाल्गुन २०८०, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


12.9k
Shares
  • change font
  • change font
  • change font

राजविराजकुनौली–राजविराज सडकखण्डमा पर्ने सप्तरीको तिलाठी कोइलाडी गाउँपालिका-१ स्थित पुलमुनि एक बेवारिसे पुरुषको शव आज फेला परेको छ । जिल्लाको राजविराज नगरपालिका-१६ बस्ने राजेशकुमार यादवलाई पुलमुनि मृत अवस्थामा भेटिएको प्रहरीले जनाएको छ ।

पुलमुनि  मधेस प्रदेश ३०६१ नंको मोटरसाइकलसहित उनको शव भेटिएकाले दुर्घटनामा परेर ज्यान गएको हुन सकिने प्रहरी नायब उपरीक्षक ढुण्डीराज न्यौपानेले जानकारी दिए। कुन कारणले कसरी दुर्घटना भयो भन्ने कुरा अहिलेसम्म खुलेको छैन तर घटनाका बारेमा प्रहरीले अनुसन्धान थालिएको छ  । 

पुलको तल शव देखेपछि स्थानीयबासीले प्रहरीलाई खबर गरेका थिए । मृतकको पहिचान भएपछि परीक्षणका लागि शव राजविराजस्थित गजेन्द्रनारायण सिंह अस्पताल पठाइएको प्रहरीले जनाएको छ । घटनाबारे अनुसन्धान भइरहेको छ ।  

प्रकाशित मिति : २६ फाल्गुन २०८०, शनिबार  २ : ३२ बजे

विशेष महाधिवेशनको पक्षमा हस्ताक्षर गरेकामध्ये ८८५ जनाले फिर्ता लिएको देउवा पक्षको दाबी

काठमाडौं– नेपाली कांग्रेसको दोस्रो विशेष महाधिवेशनको पक्षमा हस्ताक्षर गरेकामध्ये ८८५

शुक्रबार सुनचाँदीको मूल्य बढ्यो, कतिमा हुँदैछ कारोबार ?

काठमाडौं– स्थानीय बजारमा सुनचाँदीको मूल्यमा सामान्य वृद्धि भएको छ ।

भेनेजुएलाकी नोबेल शान्ति पुरस्कार विजेताले ट्रम्पलाई दिइन् आफ्नो पदक

काठमाडौं – भेनेजुएलाकी नोबेल शान्ति पुरस्कार विजेता कोरिना मचाडोले आफूले

कास्कीमा निर्वाचन अधिकृतको कार्यालय स्थापना हुने

गण्डकी– आगामी फागुन २१ हुने प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि कास्कीमा

पर्वतमा विशेषज्ञ स्वास्थ्य शिविर

पर्वत– फलेवास नगरपालिका–३ शंकरपोखरीमा बिहीबार आयोजित एकदिने निःशुल्क विशेषज्ञ स्वास्थ्य