मिथिला माध्यमिक परिक्रमा आजदेखि सुरु | Khabarhub Khabarhub

मिथिला माध्यमिक परिक्रमा आजदेखि सुरु


२७ फाल्गुन २०८०, आइतबार  

पढ्न लाग्ने समय : 2 मिनेट


66
Shares
  • change font
  • change font
  • change font

धनुषा– पन्ध्र दिवसीय ऐतिहासिक मिथिला माध्यमिक परिक्रमा आजदेखि धनुषाको कौचरीबाट विधिवत रुपमा सुरु भएको छ । नेपाल र भारतका हजारौँ श्रद्धालु भक्तजनहरुको सहभागीता हुने सो परिक्रमा विभिन्न १५ स्थानमा विश्राम गरी एक सय ३३ किलोमिटर पैदलयात्रा गरिन्छ ।

सोही यात्राका लागि आज बिहान धनुषाको मिथिला विहारी नगरपालिका–८ कौचरीस्थित मिथिला विहारी मन्दिरबाट झाँकी कीर्तनसहित श्रद्धालुहरू प्रस्थान गरेका छन् ।

कौचरीको मिथिला विहारी, जनकपुरको सुन्दर सदन मन्दिरबाट किशोरीजी र रामजानकीसहित जनकपुरको अन्य डोला हनुमानगढीमा आज जम्मा हुने मिथिला विहारी मन्दिरका महन्त रामनरेश शरणले जानकारी दिए । आज सबै तीर्थालु हनुमाँगढमा जम्मा हुनेछन् ।

फागुन २८ गते बिहानै कल्याणेश्वरको लागि यात्रुहरू प्रस्थान गर्नेछन् भने २९ गते भारतकै फुलहरस्थित गिरिजा स्थानमा पुगेर परिक्रमाका यात्रीहरूले विश्राम गर्ने जनाइएको छ । उनका अनुसार फागुन ३० गते  ऐतिहासिक स्थान महोत्तरीको मटिहानी पुग्ने छन् ।

त्यसैगरी आगामी चैत १ गते जलेश्वरनाथ महादेवस्थानमा विश्राम गर्नेछन् भने २ गते मडै, ३ गते ध्रुवकुण्ड पुगेर विश्राम गरिने कार्यक्रम रहेको सुन्दर सदनका महन्त नबलकिशोर दासले बताए ।

चैत ४ गते कञ्चनवन पुगेर त्रेतायुगमा राम र सीताले होली मनाएको लोकमान्यताअनुसार त्यहाँ यात्रीहरूले होली महोत्सव मनाउने गरेको मिथिला विहारी मन्दिरका महन्त रामनरेश शरणले जानकारी दिए ।

चैत ५ गते धनुषाको पर्वता अर्थात् क्षीरेश्वरनाथ महादेव स्थानमा विश्राम गर्नेछन् भने चैत ६ गते धनुषाधाममा धनुषमन्दिरमा पुगेर विश्राम गर्नेछन् । चैत ७ गते सतोखर, ८ गते औरही र ९ गते पुनः भारतको बिहारस्थित करुणास्थानमा विश्राम तथा १० गते बिसौलमा पुगेर विधिवतरूपमा मध्यमा परिक्रमा समापन हुनेछ । अन्तिम दिन जनकपुर नगरको पाँचकोसे अन्तरगृह परिक्रमा गरी समाप्त हुने जनाइएको छ ।

परिक्रमामा सहभागी श्रद्धालुहरू परम्परागत बाजागाजा, झाँकी कीर्तनसहितका मौलिक पहिरनमा सहभागी भएका हुन् । उनीहरू नेपालको धनुषा र महोत्तरीमा १३ तथा भारतमा दुई गरी १५ विश्रामस्थलमा राति बास बस्छन् ।

अठारौँ शताब्दीदेखि धार्मिकयात्रालाई माध्यमिकी परिक्रमाको रूपमा मनाइँदै आइएको छ । धार्मिकयात्रा १५ दिनभित्र जनकपुर पुगी होली खेलेर फागु पूर्णिमा तिथि पारी समापन गर्ने परम्परा छ ।

यस परिक्रमामा सहभागी भएमा मन, वचन र कर्मले भएका अनेकन पाप तथा अन्याय नष्ट भएर मनोकामना पूरा हुने एवं मोक्ष प्राप्ति हुने जनविश्वास रहिआएको छ ।

प्रकाशित मिति : २७ फाल्गुन २०८०, आइतबार  ८ : ५२ बजे

कर्णालीका शून्य बेरुजु भएका चार कार्यालय, कुन मन्त्रालयको कति बेरुजु ?

सुर्खेत – आर्थिक वर्ष २०८०–८१ मा कर्णाली प्रदेश सरकार मातहतका

५२ वर्षको उमेरमा विद्यालय भर्ना भएर कक्षा १ मा पढ्दै वडासदस्य डल्लीदेवी

कञ्चनपुर- पढाइको चाहना पूरा गर्न उमेर तगारो नहुँदोरहेछ । यही

हिमाल जोगाउने सत्प्रयास सगरमाथा संवाद

काठमाडौं – हिमाललाई ढाक्यो कान्छा….हो…हो…हो…हो… हिमाललाई ढाक्यो कान्छा… होहिउँको पछ्यौरीले…पिरतीको

‘आमा समूहसँग उपमेयर’ कार्यक्रममार्फत महिलालाई सीपमूलक तालिम

म्याग्दी– म्याग्दीको बेनी नगरपालिकाले सञ्चालन गरेको ‘आमा समूहसँग उपमेयर’ कार्यक्रममार्फत

भीमेश्वर नगरपालिकाको पुँजीगतभन्दा चालु खर्च बढी 

दोलखा– दोलखाको भीमेश्वर नगरपालिकामा चालु आर्थिक वर्षमा पुँजीगतभन्दा चालु खर्च