खाना खाएको कति समय पछि पानी पिउने ?  « Khabarhub

खाना खाएको कति समय पछि पानी पिउने ? 


२७ फाल्गुन २०८०, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


12k
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– पानी र जीवनको गहिरो सम्बन्ध भएझैँ पानी र स्वास्थ्यको पनि गहिरो सम्बन्ध छ । हाम्रो शरीरको २/३ भाग पानीले बनेको हुन्छ। पानी बिना शरीर भित्रका कुनै पनि क्रियाहरू सम्भव हुँदैनन्।

पानीको मात्रा, पिउने समय र पिउने तरिकाले स्वास्थ्य लाभ वा हानिको निर्धारण गर्दछ । हरेक दिन ३ देखि ४ लिटर पानी पिउने गर्नु शरीरको लागि राम्रो हुने चिकित्सकहरू बताउँछन् ।खाना खाने बित्तिकै पानी नखान चिकित्सकहरू सुझाव दिन्छन् । खाना खाने बित्तिकै पानी पिउनाले एसिडिटी, ब्लोटिङजस्ता समस्या हुन सक्छ।

खाना खाएको कति समयपछि पानी पिउने ?

हामीले खाएको खाना पचाउन करिब २ घण्टाको अवधि लाग्ने चिकित्सकहरू बताउँछन् । यहीबिच पानी पिउनुको असर पाचन प्रक्रियामा पर्छ । त्यसैले खाना खाएको करिब ४५ देखि ६० मिनेटपछि मात्र पानी पिउनु पर्छ र खाना खानु आधा घण्टा पहिले पानी पिउनु पर्छ ।

सही समयमा पानी पिउनुका फाइदाहरू

– खाना खाएको एक घण्टापछि पानी पिउनाले तौल नियन्त्रण हुन्छ ।

– सही समयमा पानी पिउनाले पाचन प्रणाली राम्रो हुन्छ, पाचन तन्त्र बलियो हुन्छ ।

– पेटमा ग्यास र एसिडिटीको समस्या हुँदैन ।

– सही समयमा पानी पिउनाले राम्रो निद्रा लाग्न पनि सहयोग पुर्‍याउँछ ।

 

प्रकाशित मिति : २७ फाल्गुन २०८०, आइतबार  १२ : १२ बजे

ककरोचको आन्दोलन चर्किएपछि पश्चिम बंगालबाट २ हजार सीआरपीएफ जवान दिल्लीमा उतारियो

काठमाडौं- भारतको राजधानी दिल्लीमा कक्रोच जनता पार्टी (सीजेपी) को आन्दोलन

नसीरुद्दीन शाहको कडा प्रतिक्रिया : म आक्रोशले उम्लिरहेको छु, सबै याद राखिनेछ

काठमाडौं- दिल्लीको जन्तर–मन्तरमा नीट युजी २०२६ प्रश्नपत्र चुहावटको विरोधमा प्रदर्शन

सुदूरपश्चिम प्रदेश : अधिकांश मन्त्रालयको पुँजीगत खर्च कमजोर

सुदूरपश्चिम– सुदूरपश्चिम प्रदेश सरकारले आर्थिक वर्ष २०८२/८३ मा विनियोजित बजेटको

कालो पोसाकमा संसद् पुगे भारतका विपक्षी, पेपर लिक र विद्यार्थीमाथिको दमनविरुद्ध प्रदर्शन

काठमाडौं- भारतीय संसद्को मनसुन अधिवेशनका क्रममा बुधबार विपक्षी दलका सांसदहरूले

‘गुट होइन, क्षमता र योगदानका आधारमा कांग्रेस अघि बढ्नुपर्छ’

काठमाडौं– नेपाली कांग्रेसले बुधबार संस्थापक नेता बीपी कोइरालाको स्मृति दिवस