काठमाडौं– एनएमबी बैंकले समावेशी र समतामूलक समाज निर्माणमा आफ्नो प्रतिबद्धतालाई प्रवर्द्धन गर्दै लैङ्गिक समता तथा सामाजिक समावेशीकरण (जीईएसआई) योजना सार्वजनिक गरेको छ ।
उक्त नीतिले समाजमा विविधता प्रवर्द्धन, सीमान्तकृत समुदायलाई सशक्तीकरण र समुदायमा लैङ्गिक समानतालाई प्रोत्साहन गरेकाे बैंकले जनाएको छ ।
बैंकका अनुसार जीईएसआईले समग्र बैंकिङ प्रणाली लगायत कर्मचारी, ग्राहक र समुदायका विभिन्न आवश्यकताहरू पूरा गर्दै पहुँच योग्य, समावेशी र उत्तरदायी बैंकिङ वातावरण सिर्जना गर्न मद्दत पुर्याउने छ ।
बैंकले लैङ्गिक समता र सामाजिक समावेशीकरण जीईएसआई योजना कार्यान्वयन गर्दै, महाराजगञ्ज, ठैब, नक्साल, महेन्द्रचोक, लुभु र वीरगञ्ज स्थित शाखाहरूमा फरक ढङ्गले सक्षम ग्राहकलाई व्हिलचेर र्याम्प स्थापना गरेको छ । साथै महिला नेतृत्व विकास गर्न देश भरी महिला नेतृत्व वुमन लिडरसीप कार्यक्रम समेत सुरुवात गरिसकेको बैंकले जनाएको छ ।
बैंकले महिला उद्यमीहरुलाई प्रोत्साहन गर्न विशेष सुविधा सहितको आकर्षक कर्जा पनि उपलब्ध गराएको छ । साथै सबै प्रदेशमा महिलाले नेतृत्व गरेको र महिला मात्र भएको शाखाको घोषणा गरिसकेको छ ।
बैंकले सुन्दर सुदूरपश्चिम बचत खाता, कर्णाली विशेष बचत खाता, लुम्बिनी बचत खाता, मेरो गण्डकी बचत खाता, अपन एनएमबी बचत खाता, पाथीभरा बचत खाता लगायतका प्रदेश केन्द्रित बचत खाताहरू चल्तीमा ल्याइसकेको छ ।
एनएमबि बैंकले हाल देश भरी २०१ शाखाहरू, १८३ एटिएमहरू र ११ एक्सटेन्सन काउन्टरहरू मार्फत सेवा प्रदान गर्दै आइरहेको छ ।
प्रतिक्रिया