‘पुजार सार्की’मा मैत बहादुर बनेका प्रदीप « Khabarhub

‘पुजार सार्की’मा मैत बहादुर बनेका प्रदीप


२७ फाल्गुन २०८०, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


390
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– नायकहरु आर्यन सिग्देल, प्रदीप खड्का र पल शाहको मुख्य भूमिका रहेको फिल्म  ‘पुजार सार्की’को छायाङ्कन चलिरहेको छ । निर्माण पक्षले अभिनेता प्रदीप खड्काको जन्मदिनको अवसर पारेर आइतबार चलचित्रमा उनले निर्वाह गरेको पात्र सार्वजनिक गरेको छ ।

फिल्मका निर्देशक दिनेश राउतले प्रदीपले निर्वाह गरेको पात्रको नाम  ‘मैत बहादुर’ रहेको खुलासा गरेका हुन् । उनले सार्वजनिक गरेको दुई तस्वीरमा प्रदीप लामो कपाल, कालो टोपी लगाएर  ‘दमाहा’ बजाउँदै गरेको देख्न सकिन्छ । निर्देशक राउतले  ‘मैत बहादुर’को थर भने खुलाएका छ‍ैनन्

‘पुजार सार्की’ जातीय विभेदविरुद्ध समाजका तीन पात्रहरूले गर्ने साझा सङ्घर्षको कथामा आधारित चलचित्र रहेको निर्माण पक्षले जानकारी दिएको छ । कास्की जिल्लाको कास्कीकोमा फिल्मको छायाङ्कन भइरहेको छ ।

यस चलचित्रमा अभिनेत्री अन्जना बराइली र परीक्षा लिम्बुको प्रमुख भूमिका रहेको छ ।  किङ्गडम नेटवर्कको ब्यानरमा बन्ने यो फिल्मका लेखक विकास सुवेदी हुन् भने लगानी सुवास भुसालको रहेको छ ।

प्रकाशित मिति : २७ फाल्गुन २०८०, आइतबार  १२ : ५६ बजे

सिंहदरबारमा मन्त्रिपरिषद् बैठक जारी

काठमाडौं–  सिंहदरबारमा मन्त्रिपरिषद् बैठक सुरु भएको छ । बैठक प्रधानमन्त्री

वनमन्त्री चौलागाईंद्वारा एनटिएनसीको संरक्षण प्रयासको प्रशंसा

काठमाडौं– वन तथा वातावरणमन्त्री माधवप्रसाद चौलागाईंले राष्ट्रिय प्रकृति संरक्षण कोष

चोरी भएका ६० वटा मोटरसाइकल र स्कुटर हस्तान्तरण

काठमाडौं– काठमाडौं उपत्यका ट्राफिक प्रहरी कार्यालयले विभिन्न समयमा चोरी भएका

बढ्दो विदेशी मुद्रा सञ्चिति : अनुत्पादक बोझ कि समृद्धिको अवसर ?

काठमाडौं- नेपाल राष्ट्र बैंकको तथ्याङ्क हेर्दा देश आर्थिक रूपमा निकै

म्यान्मामा पाँच वर्षपछि आम चुनाव

याङ्गुन- म्यान्मामा आइतबार पाँच वर्षपछि पहिलो पटक आम निर्वाचनको पहिलो