मोन्टरियलसँग मेसीको टोली इन्टर मियामी पराजित « Khabarhub

मोन्टरियलसँग मेसीको टोली इन्टर मियामी पराजित


२८ फाल्गुन २०८०, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


261
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– अमेरिकन मेजर लिग सकर फुटबल अन्तर्गत इन्टर मियामी पराजित भएको छ। आज बिहान सम्पन्न खेलमा मोन्टरियलले इन्टर मियामीलाई ३–२ गोल अन्तरले पराजित गरेको हो ।

मोन्टरियलको जितमा फेर्नानडो अल्भारेज, माटीआस कोकारो र सनउसी इब्राहिमएले एक–एक गोल गरेका थिए। त्यसैगरी इन्टर मियामीका लागि लियोनार्दो काम्पाना र जोर्डी अल्बाले एक–एक गोल गरेका थिए ।

खेलमा लियोनल मेसीलाई आराम दिएको थियो भने लुइस सुवारेज सब्सटिच्युटको रुपमा खेलेका थिए । इन्टर मियामीको यस सिजनमा यो पहिलो हार हो । यो हारपछि ४ खेलबाट ७ अंक हासिल गर्दै इन्टर मियामी शीर्षस्थानमा रहेको छ। त्यस्तै मोन्टरियल ३ खेलबाट ७ अंक जोड्दै दोस्रो स्थानमा रहेको छ।

प्रकाशित मिति : २८ फाल्गुन २०८०, सोमबार  ९ : १८ बजे

भारतबाट उखुका चार उन्नत जात भित्र्याइयो

काठमाडौं– नेपालको उखु अनुसन्धान तथा विकासलाई सुदृढ बनाउन भारत सरकारले

सांसद खगेन्द्र सुनारले एक महिलालाई मार्ने र बलात्कार गर्ने भन्दै धम्की दिएको अडियो सार्वजनिक

काठमाडौँ – प्रतिनिधिसभा बैठक र संसदीय समितिमा चर्को बोलेर चर्चामा

४२ वर्षे सैनिक अनुभव कूटनीतिक सेवामा लगाउँछु : राजदूत शमशेर

काठमाडौं– संयुक्त अधिराज्य (बेलायत) का लागि प्रस्तावित राजदूत गौरव शमशेर

रुसले ऊर्जा युद्धविराम पालना नगरे जबाफी कदम चाल्ने युक्रेनको चेतावनी

 काठमाडौँ – युक्रेनी राष्ट्रपति भोलोदिमिर जेलेन्स्कीले अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले घोषणा