बुढासुब्बा गोल्डकप : पुलिसलाई हराउँदै मोरङ सेमिफाइनलमा | Khabarhub Khabarhub

बुढासुब्बा गोल्डकप : पुलिसलाई हराउँदै मोरङ सेमिफाइनलमा


२८ फाल्गुन २०८०, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


198
Shares
  • change font
  • change font
  • change font

धरान । मोरङ फुटबल एसोसिएसन नेपाल पुलिस क्लबलाई हराउँदै सुनसरीको धरानमा जारी २४औँ बुढासुब्बा गोल्डकपको सेमिफाइनलमा प्रवेश गरेको छ ।

आज भएको खेलमा मोरङ फुटबल एसोसिएसनले विभागीय टोली पुलिस क्लबलाई ३–० गोलअन्तरले पराजित गरेको हो ।

धरान रङ्गशालामा भएको तेस्रो क्वाटरफाइनल खेलमा मोरङले पाँच पटकको विजेता पुलिस क्लबमाथि सहज जित निकालेको हो ।

मोरङ फुटबल एसोसिएसनका लागि महेन्द्र कार्की, उमेश कार्की र सुशील राईले एक एक गोल गरे । महेन्द्रले खेलको ७०औँ मिनेटमा पहिलो गोल गर्दै टोलीलाई अग्रता दिलाए ।

त्यसपछि ८०औँ मिनेटमा पुलिसका सञ्जिव लामाले मोरङका मौसम लिम्बूलाई ‘डी एरिया’ मा लडाएपछि मोरङले पेनाल्टी प्रहार गर्ने अवसर पायो । उक्त पेनाल्टीमा उमेशले गोल गर्दै आफ्नो टोलीलाई २–० को अवस्थामा पु¥याए । खेलको इन्जुरी समयमा मोरङका सुशीलले तेस्रो गोल गरे ।

जितसँगै मोरङले आयोजक धरान फुटबल क्लबसँग सेमिफाइनलमा प्रतिस्पर्धा गर्नेछ । आजको खेलमा ‘म्यान अफ दी म्याच’ मोरङका उमेश कार्की घोषित भए ।

उनले रु १० हजार पुरस्कार प्राप्त गरे । मङ्गलबार अन्तिम क्वाटरफाइनल खेल चर्च ब्वाइज युनाइटेड काठमाडौँ र काँकरभिट्टा फुटबल ट्रेनिङ सेन्टर झापाबीच हुने आयोजक धरान फुटबल क्लबका अध्यक्ष प्रताप तामाङले जानकारी दिए।

प्रकाशित मिति : २८ फाल्गुन २०८०, सोमबार  ८ : ०८ बजे

सोलुखुम्बुको थामेखोलाले पाँच घर बगायो

सोलुखुम्बु – सोलुखुम्बुको खुम्बु पासाङल्हामु गाउँपालिका–५ स्थित थामेखोलामा आएको बाढीले

नेपालले जित्यो आसामविरुद्धको सिरिज

काठमाडौं – भारतको गुवाहाटीमा सम्पन्न पाँच खेलको टी-२० शृंखला नेपाल

अफगानिस्तानमा भूकम्पमा परी मृत्यु हुनेको सङ्ख्या ८०० नाघ्यो

अफगानिस्तान – अफगानिस्तानको दुर्गम, पहाडी क्षेत्रमा शक्तिशाली भूकम्पमा परी मृत्यु

प्रधानमन्त्री ओली र रुसी राष्ट्रपति पुटिनबीच भेटवार्ता

काठमाडौं – साङ्घाइ सहयोग संगठन (एससीओ)को शिखर सम्मेलनका लागि चीनको

थियान्चिनबाट एसीओले विश्वलाई दिएको सन्देश

काठमाडौं– अहिले चीनको थियान्चिन शहरमा विश्वका प्रभावशाली नेताहरुको जमघट छ