मोबाइलको ब्लूतुथ अन नै राख्दा हुन सक्छ यस्तो खतरा ! | Khabarhub Khabarhub

मोबाइलको ब्लूतुथ अन नै राख्दा हुन सक्छ यस्तो खतरा !


२९ फाल्गुन २०८०, मंगलबार  

पढ्न लाग्ने समय : 2 मिनेट


240
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– सबै स्मार्ट फोनमा ब्लूतुथको सुविधा दिइएको हुन्छ । ब्लुटुथले स्पिकरहरू, हेडफोनहरू, फिटनेस ट्रयाकरहरु, किबोर्डहरू र स्मार्ट गृह उपकरणहरू जस्ता ताररहित यन्त्रहरूमा जडान गर्न मद्दत गर्न सक्छ ।

ब्लुटुथले फोटो, संगीत र भिडियोहरू सहित विभिन्न प्रकारका फाइलहरू ब्लूतुथको माध्यमबाट सहजै सार्ने गरिन्छ । यसले अन्य फोन एवम् विद्युतीय सामग्रीसँग सजिलै कनेक्ट गर्न सकिन्छ । त्यस्तै मोबाइल उपकरणलाई वाइफाई हटस्पटमा बदल्न पनि मद्दत गर्न सक्छ ।

ब्लुटुथ एक वायरलेस प्रविधि हो जसले छोटो दूरीमा यन्त्रहरू बीच डाटा आदान प्रदान गर्दछ । ब्लूतुथ एक पटक अन गरेपछि बन्द गर्न बिर्सिने हामी धेरैको बानी हुन सक्छ । यसरी सधैँ ब्लुटुथ अन राख्दा हुने जोखिमहरू यस्ता छन्–

ब्लूबगिङ्
ब्लूबगिङ् भनेको एक प्रकारको ह्याकिङ सिस्टम हो । जसमा ह्याकरले पीडितको मोबाइलको एक्सेस लिएर मेलवेयर इन्स्टल गर्छन् । ब्लूतुथबाट मोबाइलको एक्सेसमा पुगेपछि ह्याकरले सजिलै फोन अनलक गर्न सक्छन् र मोबाइलमा रहेका गोप्य डाटाहरू, बैंक खातासम्म उनीहरू पहुँच पुर्‍याउन सक्छन् ।

एक पटक ह्याकरले फोनमा पहुँच पुर्‍याएर मेलवेयर इन्जेक्ट गर्छन् र मेलवेयरको सहायताबाट फोनको सम्पूर्ण अनुमति पाइ फोनमा भएको गोप्य फाइलहरू पनि हेर्न सक्छन् साथै कल रेकर्डसमेत फेला पार्न सक्छन् ।

ब्लूबगिङ् रोक्नका लागि सार्वजनिक स्थानमा ब्लूतुथ सधैँ बन्द गर्नुपर्छ यसका साथै कुनै पनि अज्ञात उपकरणबाट जोडिन अनुरोध आएको छ भने कनेक्ट गर्नु हुँदैन ।

ब्लुस्नार्फिङ
ब्लुस्नार्फिङ एउटा खराब साइबर आक्रमण हो । जसले ब्लुटुथ प्रयोग गरेर ह्याकरले फोटो, म्यासेज, इमेल, र थपमा पहुँच प्राप्त गर्न सक्छ । एक पटक उनीहरूले यो जानकारी प्राप्त गरेपछि, पहिचान चोरी जस्ता आपराधिक गतिविधिहरूको लागि पनि प्रयोग गर्न सक्छन् ।

ब्लुज्याकिङ
ब्लुटुथ उपकरणमा अनावश्यक स्प्यामफिसिङ सन्देशहरू पठाउनु ब्लुज्याकिङ भनिन्छ ।  यी सन्देशहरूमा मालवेयर समावेश हुन सक्ने मालिसियस लिंकहरूएट्याचमेन्टहरू पनि हुन सक्छन् ।

ब्लुस्म्याकिंग
ब्लुस्म्याकिंग भनेको सेवालाई अस्वीकार गर्ने (डीओएस) आक्रमण हो जुन मोबाइलको यन्त्रलाई दबाउन र जबरजस्ती बन्द गर्न डिजाइन गरिएको हुन्छ । साइबर अपराधीहरूले डाटाको ठूलो प्याकेटहरू पठाएर आक्रमण गर्छन् । ह्याकरहरूले तपाईँको उपकरण बन्द भएपछि थप गम्भीर आक्रमणहरूको लागि गेटवेको रूपमा ब्लुस्म्याकिंग प्रयोग गर्नेछन् ।

स्रोत : विभिन्न अन्तर्राष्ट्रिय मिडियाको सहयोगमा

 

प्रकाशित मिति : २९ फाल्गुन २०८०, मंगलबार  ७ : १२ बजे

गर्मी बढेसँगै सर्पको बिगबिगी

महोत्तरी – वैशाख पहिलो साताको वर्षालगत्तै अचाक्ली गर्मी बढेसँगै महोत्तरीमा

कर्णाली प्रदेशमा बालबालिका खोजतलास केन्द्र सञ्चालन

कर्णाली– कर्णाली प्रदेश सरकारले बालबालिका खोजतलास प्रदेश समन्वय केन्द्र सञ्चालनमा

सगरमाथालाई नजिकैबाट नियाल्न गौरीटाप

गौरीटाप (सोलुखुम्बु)– बिहानको चिसो सिरसिर हावामा कालोचियाको चुस्की लिँदै गौरीटापमा

राष्ट्र बैंकको गभर्नर ‘काङ्ग्रेसले पाउन’ मिल्छ ?

काठमाडौं – केन्द्रीय बैंकमा गभर्नर नियुक्तिमा दलीय रस्साकस्सी चलिरहँदा नेपाली

जुम्ला–रारा अल्ट्रा म्याराथनको उपाधि कुँवर र बुढालाई

जुम्ला– जुम्ला–रारा अल्ट्रा म्याराथनको उपाधि दलबहादुर कुँवरले जितेका छन् ।