मेलाबाट भएको आम्दानीबाट पर्यटकीय पूर्वाधार निर्माण « Khabarhub

मेलाबाट भएको आम्दानीबाट पर्यटकीय पूर्वाधार निर्माण


२९ फाल्गुन २०८०, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


18
Shares
  • change font
  • change font
  • change font

म्याग्दी– मेला सञ्चालन गरेर भएको आम्दानी, दाताको सहयोग र श्रमदान जुटाएर म्याग्दीको धवलागिरि गाउँपालिका–७ मच्छिममा पर्यटकीय पूर्वाधार निर्माण भएको छ ।

मच्छिमको भूमे युवा क्लबले गत वर्ष श्रीपञ्चमी पर्वका अवसरमा आयोजना गरेको मेलाबाट भएको आम्दानीले मच्छिमको डाँडामा पर्यटकीय पूर्वाधार निर्माण गरेको हो ।

क्लबका पूर्वअध्यक्ष मिलन छन्त्याल (शेरबहादुर)ले मच्छिमको डाँडामा दृश्यावलोकनस्थल, सार्वजनिक शौचालय र प्रतिक्षालय निर्माण गरिएको जानकारी दिए ।

मच्छिमको दृश्यावलोकनस्थलबाट मच्छिम र छिमेकी गाउँ, नागबेली परेर बगेको म्याग्दी नदी, धवलागिरि, गुर्जालगायत हिमालको मनोरम दृश्यावलोकन गर्न सकिन्छ । त्यहाँ जानकारी र सूचनामूलक बोर्ड राखिएको छ ।

गर्मीमा शीतल र चिसोमा घाम ताप्दै दृश्यावलोकन गर्न सकिने भएको छ । पानी पर्दा, हावाहुरी चल्दा प्रतिक्षालयमा आश्रय लिन सकिन्छ । यसैगरी शवदाहस्थल बनाएको, खेलमैदान र खानेपानी आयोजना मर्मत गरिएको छन्त्यालले जानकारी दिए ।

हेम नमूना आवासीय मावि, काफलडाँडा, मच्छिमको भूमे आधारभूत, फलियागाउँको धनजनता माविलाई शैक्षिक सामग्री सहयोग गरिएको छ । गाउँका विपन्नलाई दाल, चामल सहयोग गरिएको छन्त्यालले बताए ।

युवाहरूलाई फुर्सदको समयमा सामाजिक काम र खेलकुद गतिविधिमा सहभागी गराउँदै आएको छ । मच्छिम गाउँमा एक सय २० घरधुरीको बसोबास छ । अल्पसङ्ख्यक छन्त्याल, दलित, थकाली, क्षत्री र मगर समुदायको बसोबास रहेको छ । गाउँपालिकाको केन्द्र मुना जोड्ने मूल सडकमा पर्ने मच्छिमगाउँ गुरिल्ला’ पदमार्गमा पर्छ ।

प्रकाशित मिति : २९ फाल्गुन २०८०, मंगलबार  ८ : २० बजे

एक खर्ब निक्षेप संकलन गर्न बोलकबोल आह्वान

काठमाडौं– नेपाल राष्ट्र बैंकले एक खर्ब बराबरको निक्षेप संकलनका लागि बोलकबोल

दशरथ रंगशालाको मैदानमा घाँस काट्न सुरु

काठमाडौं– लामो समयदेखि खेल गतिविधिविहीन रहेको नेपालको एकमात्र अन्तर्राष्ट्रिय स्तरको

इरानमाथि अमेरिकी आक्रमण तीव्र, नौसैनिक नाकाबन्दी पुनः लागू

तेहरान- अमेरिकाले इरानविरुद्धको सैन्य अभियानलाई थप तीव्र बनाउँदै लगातार चौथो दिन

उचित मूल्य नपाएको भन्दै गोलभेँडा सडकमा फालेर माइतीघरमा किसानको प्रदर्शन (तस्बिरहरू)

काठमाडौं– तरकारी किसानहरूले बुधबार काठमाडौंको माइतीघर मण्डलामा टमाटर सडकमा फालेर

लगातार १८औँ विश्वकप कभर गरिरहेका ९१ वर्षीय अर्जेन्टिनी पत्रकार : जसले पेले, म्याराडोना र मेस्सी देखे

ब्युनसआयर्स- अर्जेन्टिनी पत्रकार एनरिके माकाया मार्केज अहिले ९१ वर्षका भए